Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसप्ताहव्यापी कार्यक्रमहरू गरेर वार्षिकोत्सव मनाउँदै सिटिजन लाइफ

सप्ताहव्यापी कार्यक्रमहरू गरेर वार्षिकोत्सव मनाउँदै सिटिजन लाइफ


काठमाडौं । जीवन बीमा सेवालाई हरेक नेपालीको पहुँचमा पुर्याई सर्वसाधारणको सुरक्षा, आर्थिक सुनिश्चितता प्रदान गरी सामाजिकस्तर बढाउन र समाजमा सकारात्मक प्रभाव ल्याउन सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ । ‘समृद्धि तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ अघि बढेकोे सिटिजन लाइफ इन्स्योरेन्स विसं २०७४ भाद्र ७ गतेको दिन जीवन बीमा व्यवसाय गर्न इजाजत प्राप्त गरेर विसं २०७४ कात्तिक २ गतेबाट व्यावसायिक कारोबार सुरु गरेको थियो । यस कम्पनीले हाल प्रधान कार्यालय समेत गरी एक सय ३६ शाखा उपशाखा कार्यालयहरूमार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवको सुनौलो अवसरमा सप्ताहव्यापी कार्यक्रमहरू आजबाट सुचारु गरेको छ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ र यस वार्षिकोत्सवमा पनि एक सप्ताह चल्ने गरी संस्थागत सामाजिक उत्तरदायित्वसँगै अन्य विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।

यस वर्ष विशेष प्राथमिकतामा बीमा सचेतना कार्यक्रम राखिएको छ । अहिलेको सन्दर्भमा हेर्दा अझै पनि धेरै नेपालीहरूमा जीवन बीमासम्बन्धी जानकारी एवं चेतनाको कमी रहेकाले जनसमुदायमा जीवन बीमा प्रतिको जनचेतना वृद्धिका लागि विभिन्न ठाउँमा भव्यरूपमा सडक र्याली, घरदैलो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यसका साथै कम्पनीका कयौँ शाखाहरू अन्य थुप्रै संस्थाहरूसँग आबद्ध भएर जीवन बीमासम्बन्धी कक्षाहरू सञ्चालन गर्ने जानकारी प्राप्त भएको छ । यसैगरी वार्षिकोत्सवको दिन नेपालमा रहेको जातीय विविधतालाई मनाउने अवसरको रूपमा लिँदै कम्पनीले यस वर्षदेखि ‘विविधता र समावेशीकरण’ विशेष कार्यक्रमको सुरुवात गरेको छ र विविधतामा एकतालाई प्रवर्द्धन गर्ने र संस्थामा रहेका कर्मचारीहरू बीचमा आत्मीयताको भावना विकास गर्ने साथै एक अर्काको संस्कृतिबारे ज्ञान बढाउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वको सन्दर्भमा नेपालमा हालै भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपहरूले कयौँ मानवीय तथा धनजनको क्षति गरेको थियो । यस दुःखद् घटनाले अस्तव्यस्त पारेको परिवारहरूलाई अन्न, न्यानो कपडालगायत अन्य राहत सामग्री वितरण कार्यक्रमको पनि आयोजना रहेको कम्पनीले जनाएको छ । यसै सन्दर्भमा प्राकृतिक प्रकोपलाई सामना गर्न तथा ग्लोबल वार्मिङजस्ता ठूलो समस्यालाई केही हदसम्म रोक्नका लागि सिटिजन लाइफले लिएको ‘गो ग्रिन’ पहलअन्तर्गत विभिन्न ठाउँहरूमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ ।

त्यसैगरी, कम्पनीले हरेक वर्ष आयोजना गर्ने गरेको रक्तदान कार्यक्रम यसपालि पनि प्रधान कार्यालयलगायत देशभरिका विभिन्न शाखा कार्यालयहरूमा गरिने भएको छ । देशमा हालै आएको प्राकृतिक प्रकोप र डेङ्गुजस्ता विभिन्न रोगको महामारी फैलिरहेको समयमा, आवश्यकतामा परेकाहरूलार्ई मद्दत गर्न पाउँदा कम्पनी आभारी हुने कुरा व्यक्त गरेको छ ।

यसका साथै कम्पनीको हालसम्मको प्रगतिमा साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्ग, व्यावसायिक सिटिजन लिडरहरू, नियमनकारी निकायहरू, सेयरधनी महानुभावहरू, सञ्चालक समिति, सद्भावना दूतद्वय, सञ्चारकर्मी, व्यावसायिक साझेदारहरू, कर्मचारीलगायत सबै शुभचिन्तकहरूमा हार्दिक कृतज्ञता जाहेर गर्दै आगामी दिनहरूमा कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यावसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको र प्रचलित कानुन, नीति, नियम एवं नियमनकारी निकायबाट जारी निर्देशनहरूको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरूप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिबद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुका साथै दिपावली, नेपाल संवत तथा छठपर्वको पावन अवसरमा सम्पूर्ण नेपालीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x