बीएफआईएन र अन्तर्राष्ट्रिय प्रशिक्षण तथा अनुसन्धान संस्थाबीच सम्झौता
काठमाडौं । बीएफआईएन र अन्तर्राष्ट्रिय प्रशिक्षण तथा अनुसन्धान संस्थान (आईटीआरआई) ले विश्वव्यापी शैक्षिक साझेदारीलाई बढावा दिन र अन्तर्राष्ट्रिय प्रशिक्षण तथा अनुसन्धानलाई बढावा दिने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल बैंकिङ, फाइनान्स एन्ड इन्स्युरेन्स इन्स्टिच्युट (बीएफआइएन)ले सन् २०२४ अक्टोबर १८ मा फिनभर्स एलएलसीअन्तर्गत अमेरिकाको द इन्टरनेसनल ट्रेनिङ एन्ड रिसर्च इन्स्टिच्युट (आईटीआरआई)सँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । यो साझेदारीको उद्देश्य संयुक्त राज्य अमेरिका, क्यानडा र बाहिर प्रशिक्षण, शिक्षा, अनुसन्धान र परामर्शमा दीर्घकालीन सहकार्यलाई बढावा दिने हो ।
यो सम्झौताले व्यावसायिक विकासका अवसरहरू बढाउँदै विश्वव्यापी प्रशिक्षण साझेदारहरूसँग समन्वय गर्न दुवै संस्थाहरूका लागि ढाँचा स्थापित गर्दछ । आईटीआरआईले नेपाल र अन्य देशका विद्यार्थीका लागि इन्टर्नसिपको सुविधा दिनेछ भने बीएफआईएनले अमेरिका र क्यानडामा कार्यक्रम व्यवस्थापन गर्नेछ ।
‘यो सम्झौता सीमापार शैक्षिक विकास प्रवद्र्धन गर्न महत्वपूर्ण कदम हो, बीएफआईएनका प्रबन्ध निर्देशक डा बिनोद आत्रेयले भने, हामी यस साझेदारीले हाम्रो समुदायहरूमा पार्ने सकारात्मक प्रभावको प्रतीक्षामा छौँ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बीएफआईएन र अन्तर्राष्ट्रिय प्रशिक्षण तथा अनुसन्धान संस्थाबीच सम्झौता
- हिमालयन म्युचुअल फन्डको लाभांश घोषणा
- समता घरेलुले एफपीओ जारी गर्ने
- शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारीमा पाण्डे नियुक्त
- गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान
- एआईजी पदमा डिआईजी राणा बढुवाका लागि सिफारिस
- उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
- स्वार्थैस्वार्थको बीचमा निःस्वार्थता खोज्नु नै जीवन हो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया