नेपाल बीमा प्राधिकरण र स्कुल अफ म्याथमेटिकल साइन्सबीच सम्झौता
काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्याथमेटिकल साइन्सबीच सम्झौता भएको छ । यी तीन निकायबीच अनुसन्धान र दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्नेसम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सका निर्देशक नवराज पौडेलले आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय कुपन्डोल, ललितपुरमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
बीमासम्बन्धी अनुसन्धान र स्वदेशमा दक्ष बीमाङ्कीय जनशक्ति उत्पादनमा सहयोग गर्ने उद्देश्यका भएको समझदारीको अवधि चार वर्षको रहेको छ । समझदारीपत्रमा प्राधिकरणले स्कुल अफ म्याथमेटिकल साइन्सका विद्यार्थीहरूको बीमाङ्कीय सीप विकासमा सहयोग गर्ने, हरेक वर्ष मेरिट बेसिसका आधारमा म्याथमेटिकल साइन्स (बीमाङ्की विज्ञान)का स्नातक तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, स्रोत व्यक्ति उपलब्ध गराउने र बीमा बजारको आवश्यकताका आधारमा बीमाङ्की विज्ञानको पाठ्यक्रम परिमार्जन गर्न सहयोग गर्ने उल्लेख छ ।
यसैगरी नेपालको बीमा बजार र अन्तर्राष्ट्रिय बीमा बजारको प्रवृत्तिलाई केन्द्रित गरी बीमासम्बन्धी अनुसन्धान तथा जोखिम मूल्याङ्कन र नेपाली बीमा बजारको आवश्यकताका आधारमा नयाँ बीमाङ्कीय नमुनाहरूको विकाससम्बन्धी अनुसन्धानमा साझेदारी गर्ने समझदारीपत्रमा उल्लेख छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) उपस्थित रहेका थिए ।
क्याटेगोरी : बीमा बजार, बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपाल बीमा प्राधिकरण र स्कुल अफ म्याथमेटिकल साइन्सबीच सम्झौता
- ग्लोबल आइएमई बैंक र अस्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता
- राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट
- बीएफआईएन र अन्तर्राष्ट्रिय प्रशिक्षण तथा अनुसन्धान संस्थाबीच सम्झौता
- हिमालयन म्युचुअल फन्डको लाभांश घोषणा
- समता घरेलुले एफपीओ जारी गर्ने
- शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारीमा पाण्डे नियुक्त
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया