Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमन्दाकिनी हाइड्रोको वार्षिक साधारणसभा आह्वान

मन्दाकिनी हाइड्रोको वार्षिक साधारणसभा आह्वान


काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही मंसिर सात गते काठमाडौको लाजिम्पाटस्थित नेपाली चुलो रेस्टुरेन्टमा आफ्नो ११औं वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभामार्फत कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस सेयर वितरणपश्चात् हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । सभाले हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले बोनस सेयर वितरणपश्चात एक बराबर एक दशमलव २५ अनुपात हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले माथिल्लो सार्दी खोला जलविद्युत् आयोजना दुई दशमलव नौ मेगावाट परियोजना निर्माण गर्न, डल्फिन पावर प्रालिमा लगानी गर्न तथा बैंक ऋण भुक्तानी गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सभाले डल्फिन पावर प्रालिमा गरिएको लगानी अनुमोदन गर्ने तथा थप लगानी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही कात्तिक २८ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x