Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी लघुवित्तको नायब प्रमुख कार्यकारीमा खड्का

एनएमबी लघुवित्तको नायब प्रमुख कार्यकारीमा खड्का


काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सजल खड्का नियुक्त भएका छन् । संस्थाको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले खड्कालाई नायब प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । संस्थाका अनुसार नवनियुक्त नायब प्रमुख कार्यकारी खड्काको कार्यकाल यही कात्तिक एक गतेबाट सुरु भइसकेको छ ।

लघुवित्त क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभवी खड्का यसअघि मातृभूमि लघुवित्त वित्तीय संस्थामा पनि नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए । यसबाहेक खड्काले साविक स्पर्श लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी समेत सम्हालेका थिए । उक्त लघुवित्त वित्तीय संस्था मर्जरपछि खड्का ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा पनि नायब प्रमुख कार्यकारी अधिकृत बनेका थिए । यसबाहेक खड्काले किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर पनि काम गरेको अनुभव रहेको छ । खड्काको कुशल व्यवस्थापकीय क्षमताबाट संस्थाले अझ बढी उचाई हासिल गर्ने अपेक्ष लघुवित्तको सञ्चालक एवं व्यवस्थापन समितिको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x