कर्जा प्रवाहलाई वातावरणमैत्री बनाउनुपर्ने
काठमाडौं । राष्ट्र बैंकले नेपाल ग्रिन फाइनान्स ट्याक्सनोमी २०२४ जारी गरेको छ । राष्ट्र बैंकले एक सूचक जारी गर्दै वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त वित्तीय संस्था र पूर्वाधार विकास बैंक समेतमा कार्यान्वनमा आउने गरी उक्त व्यवस्था लागू गरेको हो ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट हुने कर्जा प्रवाह एवं लगानीलाई वातावरणमैत्री बनाउन एवं सो प्रकृतिको लगानी गर्दा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्न सकिने गरी नेपाल ग्रिन फाइनान्स ट्याक्सनोमी २०२४ जारी गरिएको हो । यो व्यवस्थाअनुसार कृषि र वन, ऊर्जा र जलस्रोत, पर्यटन र यातायात, स्वास्थ्य र फोहोर व्यवस्थापन आदि क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी समेत बैंकहरूले कर्जा लगानी गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार न्यून कार्बन वित्तअन्तर्गत कम कार्बन अर्थतन्त्रतर्फको परिवर्तनलाई समर्थन गर्ने गतिविधिहरूको वित्तीय व्यवस्थापनलाई जनाउँछ । यसमा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र अन्य ग्रिनहाउस ग्यास उत्सर्जन घटाउने उपायहरूमा गरिएको लगानी समावेश रहने ग्रिन फाइनान्स ट्याक्सनोमी २०२४ मा उल्लेख छ । यसैगरी अनुकूलन र सहनशीलता वित्तअन्तर्गत जलवायु–स्थायित्वयुक्त अर्थतन्त्रमा परिवर्तनलाई समर्थन गर्ने गतिविधिहरूको वित्तीय व्यवस्थापनलाई जनाउँछ । यसमा समुदाय, पारिस्थितिक प्रणाली र अर्थतन्त्रलाई जलवायु परिवर्तनका प्रभावहरूबाट कम संवेदनशील बनाउनका लागि गरिएका लगानीहरू समावेश रहने छन् ।
राष्ट्र बैंकका अनुसार जलवायु वित्तअन्तर्गत भने स्थानीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्रोतहरूबाट जुटाइने वित्तीय साधनहरूलाई जनाउँछ, जसले जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलन कार्यहरूलाई समर्थन गर्न खोज्ने ग्रिन फाइनान्स ट्याक्सनोमी २०२४ मा उल्लेख छ । यसैगरी हरित वित्त क्षेत्र जलवायु वित्तभन्दा फराकिलो छ । न्यून कार्बन, जलवायु–संवेदनशील र समावेशी विकासतर्फको संक्रमणका लागि व्यवस्थित लगानी गतिविधिहरूका दृष्टिकोण समावेश गर्छ । ‘हरित वित्त’ सामान्यतः जलवायु वित्तभन्दा फराकिलो अवधारणा हो । हरित वित्तले सार्वजनिक र निजी लगानी प्रवाहहरूको हरितकरणमा बढी ध्यान केन्द्रित गर्ने ग्रिन फाइनान्स ट्याक्सनोमी २०२४ मा उल्लेख छ । कार्बन वित्त भने एक नवीन वित्तीय उपकरण रहेको र जसले कार्बन उत्सर्जनमा आर्थिक मूल्य दिने ग्रिन फाइनान्स ट्याक्सनोमी २०२४ मा उल्लेख छ । यसअन्तर्गत कम्पनीहरूले आफ्नै उत्सर्जनलाई घटाउन कार्बन क्रेडिटहरू किन्न अनुमति दिन्छ । यसअन्तर्गत प्रमाणित कार्बन बजारमा भाग लिनयोग्य परियोजनाहरूलाई हरित वित्त विकल्पहरूमा समाहित गर्न सकिने छ ।
दिगो वित्त भन्नाले वित्तीय क्षेत्रमा लगानी निर्णय गर्दा वातावरणीय, सामाजिक र सुशासनसम्बन्धी पक्षहरूलाई ध्यानमा राख्ने प्रक्रियालाई जनाउँछ । यसले दिगो आर्थिक गतिविधि र परियोजनाहरूमा दीर्घकालीन लगानीको वृद्धि गर्न मद्दत गर्छ । दिगो लगानीले हरित ऊर्जा परियोजनामा स्रोतहरू लगानी गर्ने, निजी स्रोतहरूलाई कार्बन–तटस्थ परियोजनाहरूमा उपयोग गर्ने, र सामाजिक मूल्यजस्तै सामाजिक समावेशिता वा राम्रो सुशासन प्रदर्शन गर्ने कम्पनीहरूमा लगानी गर्नेसम्मका गतिविधिहरू समेट्ने ग्रिन फाइनान्स टयाक्सोनोमी २०२४ मा उल्लेख छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
- प्रमुख प्रतिपक्षसहितका दलहरूले राष्ट्रपति भेटे
- रसुवागढी र तातोपानी नाका अझै ठप्प, नेपाल-चीन व्यापारमा ठूलो घाटा
- सरकारका १०० दिन : ‘सहकारी ठगलाई कारबाहीदेखि विपद्पछि राहतको कामसम्म’
- कांग्रेस र एमाले मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ: प्रधानमन्त्री
- सहकारीको रकम ठगी गर्ने भ्रष्टाचारीमाथि कारबाही हुन्छ: प्रधानमन्त्री
- काभ्रेमा सञ्चालित एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
- पुन: खुम्चियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया