वाणिज्य बैंकहरूको तीन महिनाको नाफा १६ अर्ब
१२ वटाको नाफा बढ्यो आठवटाको घट्यो
काठमाडौं । निक्षेप सङ्कलनको तुलनामा कर्जा विस्तार हुन नसक्दा बैंकहरूको खुद ब्याज आम्दानीमा राम्रो सुधार भएको छैन । तर पनि चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद मुनाफा बढेको छ । खासगरी ‘इम्पेरमेन्ट’ चार्जमा छुट्याउनुपर्ने रकम घटेका कारण बैंकहरूको नाफामा सुधार भएको देखिन्छ ।
२० वटा वाणिज्य बैंकहरूले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूले १६ अर्ब २३ करोड १८ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ६४ प्रतिशत अर्थात् दुई अर्ब ८८ करोड ७५ लाख रुपैयाँले बढी हो । गतवर्ष असोजसम्म वाणिज्य बैंकहरूले १३ अर्ब ३४ करोड ३७ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
यस वर्ष पहिलो त्रैमासमा सानिमा बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र एनआईसी एसिया बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिकोे तुलनामा घटेको छ । बैंकहरूको नाफा बढेको छ ।
नबिल बैंक एक्लैले दुई अर्ब बढी नाफा कमाएको छ । त्यसपछि धेरै नाफा कमाउने बैंकहरूमा ग्लोबल आईएमई बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एभरेष्ट बैंक र एनएमबी बैंक छन् । यी बैंकहरूको नाफा एक अर्ब रुपैयाँभन्दा माथि छ । यीबाहेकका सानिमा, हिमालयन, माछापुच्छ्रे, लक्ष्मी सनराइज, नेपाल एसबीआई, स्टान्डर्ड चार्टर्डसहितका १२ वटा बैंकहरूको नाफा भने एक अर्ब रुपैयाँभन्दा कम छ ।
धेरै बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) पनि बढेको छ । नबिल बैंकले दुई अर्ब पाँच करोड ६५ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ भने यो बैंकको निष्क्रिय कर्जा एक दशमलव ४२ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा नबिलको नाफा एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ र निष्क्रिय कर्जा एक दशमलव ५८ प्रतिशत थियो । ग्लोबल आईएमई बैंकले यस वर्ष पहिलो त्रैमासमा एक अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भनेन चार दशमलव ६७ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकको नाफा एक अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ र निष्क्रिय कर्जा चार दशमलव ३८ प्रतिशत थियो ।
प्राइम कमर्सियल बैंकले एक अर्ब २८ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा चार दशमलव ८६ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा प्राइम बैंकको निष्क्रिय कर्जा तीन दशमलव ६७ प्रतिशत र नाफा एक अर्ब ६४ करोड ४९ लाख ८३ हजार रुपैयाँ थियो । प्रभु बैंकले एक अर्ब चार करोड छ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा चार दशमलव ९४ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा प्रभुको नाफा एक अर्ब तीन करोड ४२ लाख १४ हजार रुपैयाँ र निष्क्रिय कर्जा तीन दशमलव ९७ प्रतिशत थियो ।
कुमारी बैंकले एक अर्ब सात करोड ८१ लाख ७७ हजार रुपैयाँ नाफा कमाउँदा चार दशमलव ९६ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा कुमारीको यस्तो नाफा २६ करोड ३९ लाख ३५ हजार रुपैयाँ थियो भने निष्क्रिय कर्जा चार दशमलव ८९ प्रतिशत थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एक दशमलव ९९ प्रतिशत कर्जा खराब छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकले एक अर्ब ५२ करोड २२ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएकोे थियो भने निष्क्रिय कर्जा एक दशमलव ८६ प्रतिशत थियो । एभरेष्ट बैंकले एक अर्ब १२ करोड ७७ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा शून्य दशमलव ७७ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा एभरेष्टको नाफा ७८ करोड सात लाख ५९ हजार रुपैयाँ थियो भने निष्क्रिय कर्जा शून्य दशमलव ९० प्रतिशत थियो । एनएमबी बैंकले पनि पछिल्लो अवधिमा एक अर्ब १४ करोड ५६ लाख तीन हजार रुपैयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव ६३ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा एनएमबीले ९६ करोड ३२ लाख नौ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा दुई दशमलव ८४ प्रतिशत निष्क्रिय कर्जा देखिएको थियो ।
सानिमा, हिमालयन, माछापुच्छ्रे। लक्ष्मी सनराइज, नेपाल एसबीआई, स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ, कृषि विकास, सिटिजन्स, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकहरूले ११ करोड देखि ८६ करोड रुपैयाँसम्म खुद मुनाफा कमाएको देखिन्छ । यी बैंकहरूमा निष्क्रिय कर्जा पनि शून्य दशमलव ७७ देखि पाँच दशमलव ४१ प्रतिशतसम्म छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया