मेटलाइफ नेपालको विलम्ब शुल्कमा छुट
काठमाडौं । मेटलाइफ नेपालले ग्राहकहरूलाई विलम्ब शुल्कको थप आर्थिक दबाबविना आफ्नो जीवनको सुरक्षा जारी राख्ने बहुमूल्य अवसर प्रदान गरिरहेको छ । ग्राहकहरूको बीमालेख पुनर्जागरण अभियानमार्फत मेटलाइफले पाँच वर्षसम्मको व्यतित जीवन बीमालेखहरूको लागि विलम्ब शुल्कमा एक सय प्रतिशत छुट र पाँच वर्षभन्दा बढी समय पुगेका व्यतित बीमालेखहरूको लागि ६० प्रतिशत छुट प्रदान गर्नेछ । यस पहलले आर्थिक कठिनाइहरूको सामना गरेका बीमालेख धारकहरूलाई उनीहरूको बीमा सुरक्षा पुनस्र्थापित गर्न र उनीहरूको भविष्यको सुरक्षा गर्न सुविधा दिने उद्देश्य राखेको छ ।
मेटलाइफले कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराएर ग्राहकहरूलाई थप सहजता प्रदान गर्दै पुनर्जागरण प्रक्रियालाई सरल बनाएको छ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘यो अभियानले हाम्रा ग्राहकहरूलाई अप्रत्याशित जोखिम र चुनौतीहरूबाट जोगाउन मद्दत गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ । हामी सबै बीमालेख धारकहरूलाई यस अवसरको फाइदा उठाउन र मेटलाइफसँग आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न प्रोत्साहन गर्छौँ ।’
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- विभिन्न नाम र स्वरुपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरु उचित नरहेको सत्तारुढ गठबन्धनको निष्कर्ष
- कसरी हुन्छ सङ्गठित अपराधको अनुसन्धान, सहकारी ठगी कस्तो अपराध हो ?
- दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छ: मन्त्री भट्टराई
- कुरिनटार जाँदै गरेको भ्यान दुर्घटना
- सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट छ: सभापति देउवा
- अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ: मन्त्री अधिकारी
- बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
- डेङ्गी नियन्त्रणका लगि देशभरका कार्यालयमा सरसफाइ अभियान
धेरैले पढेको
- राजमार्ग र पुल पुनर्स्थापनाका लागि आवश्यक १५ अर्ब बजेट व्यवस्थापनमा सरकार अन्यौल
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया