Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारथ्रिस्टार हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने

थ्रिस्टार हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने


काठमाडौं । थ्रिस्टार हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ४९ करोड २५ लाख रुपैयाँमध्येबाट एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४९ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार उक्त हकप्रद सेयर निष्काशन बिक्रीबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जा चुक्ता गर्नका लागि उपयोग गरिने छ । यसबाहेकको बाँकी रकम १५ करोड भने निको इर्नर्जी लिमिटेडद्वारा निर्माणाधीन माथिल्लो भुरुण्डी एक जलविद्युत् आयोजना निर्माणका लागि उपयोग गरिने कम्पनीले जनाएको छ । हकप्रद सेयर निष्काशनका लागि विद्युत् नियमन आयोगमा पूर्व स्वीकृति लिनका लागि आवेदन दिइने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x