प्रोग्रेसिभ फाइनान्सले तीन महिनामा कमायो आठ करोड नाफा
काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा आठ करोड नौ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा छ करोड ११ लाख ८५ हजार छ सय ४३ रुपैयाँ खुद नोक्सानी व्यहोरेको फाइनान्सले निष्क्रिय कर्जा असुलीलाई विशेष प्राथमिकताका साथ अगाडि बढाएसँगै फाइनान्सको खुद नाफा बढेर सकारात्मक भएको हो ।
चुक्ता पुँजी ८४ करोड ८१ लाख छ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा छ अर्ब ६८ करोड ९६ लाख ८५ हजार छ सय ८४ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब १२ करोड दुई लाख ४० हजार दुई सय ३६ रुपैैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा पाँच करोड छ लाख ४६ हजार एक सय ५५ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा सात दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब नौ करोड ३० लाख ५७ हजार छ सय ७७ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९२ करोड आठ लाख ९३ हजार नौ सय ५९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यस अवधिमा फाइनान्सले एक करोड २७ लाख ८७ हजार आठ सय ६२ रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो भने निष्क्रिय कर्जाको अनुपात १२ दशमलव ४५ प्रतिशत देखिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- विभिन्न नाम र स्वरुपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरु उचित नरहेको सत्तारुढ गठबन्धनको निष्कर्ष
- कसरी हुन्छ सङ्गठित अपराधको अनुसन्धान, सहकारी ठगी कस्तो अपराध हो ?
- दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छ: मन्त्री भट्टराई
- कुरिनटार जाँदै गरेको भ्यान दुर्घटना
- सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट छ: सभापति देउवा
- अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ: मन्त्री अधिकारी
- बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
- डेङ्गी नियन्त्रणका लगि देशभरका कार्यालयमा सरसफाइ अभियान
धेरैले पढेको
- राजमार्ग र पुल पुनर्स्थापनाका लागि आवश्यक १५ अर्ब बजेट व्यवस्थापनमा सरकार अन्यौल
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया