Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट किस्पाङ गाउँपालिका–१ काउले घर भई काठमाडौं महानगरपालिका–२२ सुन्धारा बस्ने ४३ वर्षीय हरिचन्द्र पौडेल र ३३ वर्षीय अर्जुन कुमार पौडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सर्लाही मलंगवाको २०८१ भदौ २१ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ वनस्थलीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बरहथवा सर्लाही पठाइएको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x