गुहेश्वरी मर्चेन्ट फाइनान्स ११ करोड रुपैयाँ खुद नोक्सानीमा
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको खुद नाफा ऋणात्मक देखिएको छ । फाइनान्सले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार फाइनान्सले ११ करोड ३३ लाख ६८ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा पाँच करोड ३९ लाख ८० हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब एक करोड २१ लाख ७६ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा आठ अर्ब ३१ करोड ३२ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २७ करोड ९२ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा चार करोड नौ लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा १३ दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही फाइनान्सले आठ अर्ब १५ करोड ७० लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६८ करोड ६९ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यस अवधिमा चार करोड ९७ लाख ४९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- विभिन्न नाम र स्वरुपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरु उचित नरहेको सत्तारुढ गठबन्धनको निष्कर्ष
- कसरी हुन्छ सङ्गठित अपराधको अनुसन्धान, सहकारी ठगी कस्तो अपराध हो ?
- दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छ: मन्त्री भट्टराई
- कुरिनटार जाँदै गरेको भ्यान दुर्घटना
- सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट छ: सभापति देउवा
- अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ: मन्त्री अधिकारी
- बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
- डेङ्गी नियन्त्रणका लगि देशभरका कार्यालयमा सरसफाइ अभियान
धेरैले पढेको
- राजमार्ग र पुल पुनर्स्थापनाका लागि आवश्यक १५ अर्ब बजेट व्यवस्थापनमा सरकार अन्यौल
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया