सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ५१ लाख रुपैयाँ सहयोग
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले सो रकम सरकारी कोषमा जम्मा गरेको हो । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण राजधानी काठमाडौंसहित मध्य तथा पूर्वी नेपालमा गएको भीषण बाढी पहिरोमा ठूलो धनजनको क्षति भएकोमा राहत तथा पुनर्निर्माणमा सहयोग गर्न कम्पनीले ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।
आज अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । बाढी पहिरोले ठूलो मात्रामा जनधनको क्षति भएको र विषम परिस्थितिमा प्रभावित जनसमुदायलाई सहयोग गर्न कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग स्वरुप ५१ लाख प्रदान गरेको कम्पनीले जनाएको छ । बीमा क्षेत्रबाट सबैभन्दा धेरै ५१ लाख रुपैयाँ सहयोग गरेर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले उदाहरणीय कार्य गरेको हो ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई राहत प्रदान गर्न सहयोगको लागि धन्यवाद दिएको कम्पनीले जनाएको छ । समारोहमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका सञ्चालक सुमित केडिया र हसना शर्मा, प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदावार तथा कम्पनी सचिव सुदर्शन आचार्यको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया