Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविकास बैंकहरूको निष्क्रिय कर्जा बढ्यो

विकास बैंकहरूको निष्क्रिय कर्जा बढ्यो

११ वटा बैंकले तीन महिनामा कमाए एक अर्ब ४७ करोड


काठमाडौं । विकास बैंकहरूको निष्क्रिय कर्जा बढ्दै गएको छ । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूमध्ये हालसम्म ११ वटाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये एकाधबाहेक सबैजसो बैंकहरूको निष्क्रिय कर्जा बढेको छ । पहिलो त्रैमासमा ११ वटा विकास बैंकहरूको औसत नष्क्रिय कर्जा चार दशमलव ७४ प्रतिशत छ । जुन गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा एक दशमलव ५२ प्रतिशत विन्दुले बढी हो । एक वर्षअघि ११ वटा विकास बैंकहरूको निष्क्रिय कर्जा तीन दशमलव २१ प्रतिशत थियो ।

वित्तीय विवरण सार्वजनिक गरेका ११ वटा विकास बैंकहरूको मुनाफा कुल एक अर्ब ४७ करोड ९० लाख ५९ हजार रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० करोड ३९ लाख १६ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूको नाफा एक अर्ब १७ करोड ५१ लाख ४२ हजार रुपैयाँ थियो ।

सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैकले कमाएको छ । पहिलो त्रैमासमा मुक्तिनाथले २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । मुक्तिनाथको निष्क्रिय कर्जा तीन दशमलव १६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २२ करोड ८८ लाख रुपैयाँ र निष्क्रिय कर्जा एक दशमलव ४९ प्रतिशत थियो । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले नाफा २३ करोड ९३ लाख रुपैयाँ छ भने निष्क्रिय कर्जा तीन दशमलव ५० प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा शाईनले १९ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाउँदा निष्क्रिय कर्जा दुई दशमलव ५९ प्रतिशत थियो ।

गरिमा विकास बैंकले यस वर्ष पहिलो त्रैमासमा २२ करोड ५७ लाख रुपैयाँ कमाएको छ भने निष्क्रिय कर्जा तीन दशमलव ८२ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा गरिमाले २० करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो भने दुई दशमलव ६८ प्रतिशत निष्क्रिय कर्जा थियो । यसैगरी यस अवधिमा लुम्बिनी विकास बैंकले २० करोड १९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा तीन दशमलव ६९ प्रतिशत देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लुम्बिनीको नाफा १७ करोड ३२ लाख रुपैयाँ र निष्क्रिय कर्जा तीन दशमलव ४७ प्रतिशत थियो । कामना सेवा विकास बैंकले पनि यस वर्षको पहिलो त्रैमासमा १७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ भने बैंकको निष्क्रिय कर्जा तीन दशमलव ९६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैकले ११ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा तीन दशमलव ४८ प्रतिशत थियो ।

ज्योति विकास बैंकले भने यस वर्षको पहिलो त्रैमासमा १५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ भने निष्क्रिय कर्जा चार दशमलव ९८ प्रतिशत छ । एक वर्षअघि बैंकले पाँच करोड आठ लाख रुपैयाँ नाफा कमाएको थियो भने निष्क्रिय कर्जा तीन दशमलव ७५ प्रतिशत थियो । महालक्ष्मी विकास बैंकले पनि यस वर्ष नौ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने निष्क्रिय कर्जा चार दशमलव ९० प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा महालक्ष्मीले नौ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा तीन दशमलव ५१ प्रतिशत थियो । सांग्रिला डेभलपमेन्ट बैंकले छ करोड दुई लाख रुपैयाँ नाफा कमाउँदा निष्क्रिय कर्जा चार दशमलव ६५ प्रतिशत छ । एक वर्षअघि सांग्रिलाको नाफा चार करोड ६५ लाख रुपैयाँ थियो भने निष्क्रिय कर्जा तीन दशमलव २८ प्रतिशत थियो ।

क्षेत्रीयस्तरको नारायणी डेभलपमेन्ट बैंकले पनि यस वर्ष पहिलो त्रैमासमा दुई करोड ४२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ भने तीन दशमलव २१ प्रतिशत निष्क्रिय कर्जा छ । गत वर्षको सोही अवधिमा बैंकले छ करोड १६ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो भने निष्क्रिय कर्जा एक दशमलव ९४ प्रतिशत थियो । सिन्धु विकास बैंकले दुई करोड ३० लाख ५८ हजार रुपैयाँ कमाएको छ भने निष्क्रिय कर्जा ११ दशमलव २९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ लाख २९ हजार रुपैयाँ नाफा कमाउँदा चार दशमलव २६ प्रतिशत निष्क्रिय कर्जा थियो । क्षेत्रीयस्तरकै कर्पोरेट डेभलपमेन्ट बैंकले २१ लाख ६८ हजार रुपैयाँ नाफा कमाउँदा चार दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३९ लाख ३० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा चार दशमलव ८७ प्रतिशत थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x