Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लघुवित्तको लाभांश घोषणा

नेसनल लघुवित्तको लाभांश घोषणा


काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । संस्थाले हाल कायम चुक्तापूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाका अनुसार घोषित लाभांशमध्येमा १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत लाभांश रहेको छ ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही कात्तिक आठ गते बसेको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x