Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा क्यापिटलद्वारा पुँजीबजार साक्षरता प्रदान

गरिमा क्यापिटलद्वारा पुँजीबजार साक्षरता प्रदान


काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले पुँजीबजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका अनुसार विश्व लगानीकर्ता सप्ताह २०२४ अन्तर्गत एक दिने पुँजीबजार साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो । यस कार्यक्रमअन्तर्गत कात्तिक ११ गते आइतबारका दिन नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली नपा वडा नं. ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरूलाई पुँजीबजारबारे सूचित गराउने उद्देश्यले सकला देवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा एक दिने पुँजीबजार साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का सचिव श्री ठाकुर प्रसाद शर्माले सञ्चालन गरेका थिए । कार्यक्रमको प्रमुख वक्ताका रूपमा गरिमा क्यापिटलका प्रमुख व्यापार अधिकृत तुलसीप्रसाद आचार्य तथा व्यापार प्रवर्द्धन विभाग प्रमुख दिपक न्यौपाने रहेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x