Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको बोनस पारित

सिटिजन्स बैंकको बोनस पारित


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतामा सोमबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बैंकले वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको बासलात, आव २०८०/८१ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू सभामा छलफल भई स्वीकृत भएको छ । त्यसैगरी साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड नौ लाख ७४ हजार छ रूपैयाँको चार प्रतिशतका दरले हुने ५६ करोड ८० लाख ३८ हजार नौ सय ६० रूपैयाँ बोनस सेयर कर प्रयोजनको लागि नगद लाभांश शून्य दशमलव २१ प्रतिशतले हुने दुई करोड ९८ लाख ९६ हजार सात सय ८७ रूपैयाँसहित जम्मा ५९ करोड ७९ लाख ३५ हजार सात सय ४७ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सभाका अध्यक्षले सेयरधनीहरूबाट प्राप्त सुझावअनुसार बैंकको काम कारबाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हासिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै, संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरूमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सबल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिबद्ध रहेको कुरा जानकारी गराए । यसका साथै, सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरूले पुर्याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।

बैंकले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९७ वटा शाखा, एक सय ६२ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x