Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफको मैतिदेवीमा स्थान्तरित शाखा

सिटिजन लाइफको मैतिदेवीमा स्थान्तरित शाखा


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवीस्थित स्थान्तरित शाखाको सोमबार उद्घाटन गरेको छ । शाखा कार्यालयको उद्घाटन कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, मध्य र मध्यपश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलका साथै कम्पनीका केही विभाग प्रमुखहरू, कम्पनीका टप सिनियर एजेन्सी म्यानेजरलगायत केही सिटिजन लिडरहरू र स्थानीयहरूको पनि उपस्थिति रहेको थियो ।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरू र अभिकर्ताहरूले थप सहज र गुणस्तरीय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । समापनको अवसरमा कम्पनीका ब्रान्ड एम्बेस्डरद्वय श्रेष्ठ र आचार्यले कम्पनीले आजको मितिसम्म हासिल गरेको सफलतामा उनीहरूलाई गर्व रहेको भावना व्यक्त गरे । संस्थाले सधैँ आफूहरूलाई धेरै माया गरेको र देशको भरपर्दो लाइफ इन्स्योरेन्स कम्पनीसँग आबद्ध रहन पाउँदा खुसी व्यक्त गर्दै सम्पूर्ण अभिकर्ताहरूलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वरोजगार भएर जीवन निर्वाह गरेकोमा बधाई साथै शुभकामना व्यक्त गरे ।

कम्पनीले हाल प्रधान कार्यालय समेत गरी एक सय ३६ शाखा उपशाखा कार्यालयमार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x