नेपाल लाइफको एक दिवसीय बिजनेस रिभ्यु मिट
काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय बिजनेस रिभ्यु मिट सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालू आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१÷८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । यस कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकहरू तथा प्रादेशिक प्रमुखहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै यस कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बाबजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीलाई धन्यवाद ज्ञापन गरे । उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रूपमा रहेको र अहिले हासिल गरेको उपलब्धिभन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको कुरा समेत बताए । उनले ग्राहकमैत्री सेवाहरू प्रवाह गर्नका निम्ति कुनै पनि किसिमको सहयोग गर्न सञ्चालक समिति सदैव तयार रहेको बताए । नेपाल लाइफको टिम बीमा उद्योगमा नै सबैभन्दा उत्कृष्ट रहेको र यस टिमको परिचालनले उद्योगमा आमूल परिवर्तन ल्याउनेमा आफू निर्धक्क रहेको र सो लक्ष्य प्राप्तिका निम्ति सहजकर्ताको भूमिका निर्वाह गर्न सञ्चालक समिति सकारात्मक रहेको बताए ।
यस सशक्त सेल्स टिमले आगामी दिनमा अथक मेहनत र परिश्रम गर्दै जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकास र बीमाको पहुँचलाई आम नागरिकबीच पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । समस्त सरोकारवालाहरूलाई उच्चतम प्रतिफल प्रदान गर्ने अभिप्रायका साथ कम्पनीले लगानीलाई विविधीकरण गर्दै लगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । बैंकमा तरलता बढ्दै गर्दा लगानीको प्रतिफलमा कमी नआओस् र लगानीको प्रतिफल झन् वृद्धि होस् भन्ने हेतुले नै कम्पनीले शिक्षा, हाइड्रोपावर तथा जग्गाहरूमा नेपाल बीमा प्राधिकरणको लगानीसम्बन्धी निर्देशिकाको अधीनमा रहेर लगानी गर्दै आएको बताए । साथै कम्पनीको गौरवशाली इतिहासलाई कायम राख्दै बीमा बजारको विस्तारमा सम्पूर्ण नेपाल लाइफकर्मीलाई लाग्न पनि आग्रह गरे ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने अभिकर्ताहरू, कर्मचारीहरू तथा समस्त सरोकारवालाहरूलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे । आम नेपाली नागरिकबीच अझै पनि बीमासम्बन्धी सचेतना पर्याप्त रूपमा नपुगेको हुँदा बीमा बजारमा प्रचुर सम्भावना रहेको बताए । कम्पनीले इनोभेटिभ प्रोडक्टहरू मार्केटमा ल्याइरहेको र आगामी दिनमा पनि यस्ता प्रोडक्टहरू मार्केटमा ल्याएर बीमा बजारको विस्तारमा भूमिका निर्वाह गर्नका निम्ति कार्यारम्भ भइसकेको बताए । लगानीको प्रतिफललाई उच्च राख्न लगानी विविधीकरणलाई केन्द्रविन्दुमा राख्दै विभिन्न कार्यहरू गरेको कुरा समारोहमा व्यक्त गरे । कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्नका निम्ति विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको र यसलाई निरन्तरता समेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । बीमा बजारको उत्कृष्ट टिमको रुपमा नेपाल लाइफको टिम परिचित रहेको र कम्पनीद्वारा निर्धारण गरिएको लक्ष्य सहजै प्राप्त हुनेमा पनि आफू विश्वस्त रहेको बताए । कम्पनीले निर्धारण गरेको लक्ष्य प्राप्तिका निम्ति चाहिने सम्पूर्ण पूर्वाधार निर्माणमा कम्पनी लागि परेको समेत बताए ।
कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटलाईजेसनको कार्य थालनी गरिसकेको बताए । निकट भविष्यमा बीमितहरूले यस कम्पनीद्वारा प्रदान गरिने सेवाहरू प्राप्त गर्न शाखा धाउनुपर्ने अवस्थाको अन्त्य हुने र बीमितहरूले घरमै बसीबसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने कुरा बताए । कार्यक्रममा नेसनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरू तथा प्रादेशिक प्रमुखहरूले आ–आफ्नो प्रतिवेदनहरू प्रस्तुत गरे । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्तचित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई यस कम्पनीलाई थप उचाइमा पुर्याउन कुनै कसर बाँकी नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा नेसनल सेल्स हेड उमापति पोखरेलले बताए ।
समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति सबै सहयोगी हातहरूप्रति नमन व्यक्त गरे । कम्पनीले ग्राहकहरूको सुविधालाई थप प्रभावकारी ढंगले प्रवाह गर्नका निम्ति अहिलेको नविनतम प्रविधिको प्रयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता प्रदान गर्ने बताए । आजको दिनमा नेपाल लाइफसँग आबद्ध ग्राहकहरूले सम्पूर्ण सेवाहरू घरै बसीबसी लिन सक्ने गरी संयन्त्रहरूको निर्माण गरिसकिएको समेत बताए । नेपाल लाइफ बीमा बजारकै दिशानिर्देश गर्ने कम्पनी भएको हुनाले यस कम्पनीमा आबद्ध भएका सबै सरोकारवालाहरूको जिम्मेवारी पनि अधिक भएको र सो जिम्मेवारीलाई बोध गर्दै कार्यसम्पादन गर्न सबैमा आग्रह गरे । ग्राहकमैत्री तथा प्रविधिमैत्री प्रोडक्टहरू आम नागरिकबीच पस्की बीमा बजारको विस्तार र विकासमा कार्य गर्न कम्पनी दत्तचित्त भएर लागिपरेको सारगर्भित विचार अभिव्यक्त गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया