११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
काठमाडौं । ११.११ अभियानका लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता भएको छ । मंगलबार बैंक र प्रालिबीच बैंकका कार्डवाहक ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । बैंकका अनुसार यो योजना नोभेम्बर ११ (कात्तिक २६ गते) देखि लागू हुनेछ ।
सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरूले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम दुई हजार पाँच सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू हुनेछ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले हाल देशैभर ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९७ वटा शाखा, एक सय ६२ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईहरू बाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
- आशामै बित्यो पीडितको एक महिना
- पुन: एक दशमलव ८८ बिन्दुले ओर्लियो शेयर बजार
- एकापसमा दुई बस ठोक्किँदा १३ जना घाइते
- कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा
- नेपालमा डेङ्गी सङ्क्रमण घट्दै
- इन्डियन आयलको नाफा करिब चार गुणा बढ्यो
- विदेशी लगानीका कम्पनीहरूका लागि थप लचिलो बन्दै चीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया