Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकको पहिलो त्रैमासिक नाफा १७ करोड ४९ लाख

कामना सेवा विकास बैंकको पहिलो त्रैमासिक नाफा १७ करोड ४९ लाख


काठमाडौं । कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १७ करोड ४९ लाख ७९ हजार दुई सय ९६ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ११ करोड ९५ लाख २१ हजार आठ सय ८० रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी तीन अर्ब ५१ करोड आठ लाख ४६ हजार एक सय ९५ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ५० अर्ब ७५ करोड ५३ लाख ८९ हजार चार सय ४३ रुपैयाँ कर्जा प्र्रवाह गरेको छ । यस अवधिमा ५१ करोड ८७ लाख ४१ हजार एक सय ७१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ५९ अर्ब छ करोड ६७ लाख ११ हजार सात सय २८ रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९७ करोड ९६ लाख सात हजार सात सय चार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४९ करोड नौ लाख १० हजार सात सय २१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x