Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम बैंकको डेपुटी जनरल म्यानेजरमा सुमितबाबु खत्री

प्राइम बैंकको डेपुटी जनरल म्यानेजरमा सुमितबाबु खत्री


काठमाडौं । सिटिजन बैंक इन्टरनेसलनमा सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका सुमितबाबु खत्री प्राइम कमर्सियल बैंकमा डेपुटी जनरल म्यानेजरमा नियुक्त भएका छन् । एक महिनाअघि सिटिजन बैंकबाट बाहिरिएका खत्री प्राइममा कात्तिक २० देखि लागू हुने गरी डेपुटी जनरल म्यानेजरमा नियुक्त भएका हुन् ।

खत्रीले सिटिजन्स बैंकमा दुई दशक बढी बिताएका थिए । करिब २४ वर्षको बैंकिङ अनुभव रहेका खत्रीले सिटिजन्स बैंकमा १९ वर्ष कर्जा विभागको विभिन्न पदमा रहेर काम गरेका थिए । खत्रीले संस्थागत तथा व्यावसायिक बैंकिङ युनिट, उपभोक्ता बैंकिङ युनिट, एसएमई युनिट तथा सहवित्तीयकरण र पूर्वाधार बैंकिङ युनिटको प्रमुखको जिम्मेवारी वहन गरेका थिए । खत्री मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्ष समेत हुन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x