वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा झण्डै चार प्रतिशत
काठमाडौं । वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा झण्डै चार प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले कुल ४६ खर्ब १८ अर्ब एक करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये तीन दशमलव ७६ प्रतिशत अर्थात् एक खर्ब ७३ अर्ब ६३ करोड ७९ लाख २६ हजार चार सय रुपैयाँ निष्क्रिय कर्जा छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ७८ प्रतिशत विन्दु अर्थात् ४४ अर्ब १९ करोड ६९ लाख १४ हजार रुपैयाँले बढी हो । गत वर्ष भदौ मसान्तसम्म बैंकहरूले कुल ४३ खर्ब ४३ अर्ब ६३ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औषतमा दुई दशमलव ९८ प्रतिशत अर्थात् एक खर्ब २९ अर्ब ४४ करोड चार लाख १२ हजार चार सय रुपैयाँ निष्क्रिय कर्जा थियो ।
बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणमा पनि बैंकहरूको निष्क्रिय कर्जा बढेको देखिएको छ । पहिलो त्रैमासमा नबिल बैंकको एक दशमलव ४२ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा नबिलको निष्क्रिय कर्जा एक दशमलव ५८ प्रतिशत थियो । ग्लोबल आईएमई बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक र कुमारी बैंकमा भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः चार दशमलव ६७, चार दशमलव ८६, चार दशमलव ९४ र चार दशमलव ९६ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा भने यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः चार दशमलव ३८, तीन दशमलव ६७, तीन दशमलव ९७ र चार दशमलव ८९ प्रतिशत थियो । नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट र एनएमबी बैंकमा भने पछिल्लो अवधिमा क्रमशः एक दशमलव ९९, शून्य दशमलव ७७ र तीन दशमलव ६३ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ८६, शून्य दशमलव ९० र दुई दशमलव ८४ प्रतिशत थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार सानिमा, हिमालयन र माछापुच्छ्रे बैंकमा भने क्रमशः दुई दशमलव ९४, शून्य दशमलव ७७ र एक दशमलव १३ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ७९, एक दशमलव २५ र एक दशमलव १२ प्रतिशत थियो । लक्ष्मी सनराइज, नेपाल एसबीआई बैंक र स्टान्डर्ड चार्टर्ड बैंकमा भने पछिल्लो अवधिमा क्रमशः पाँच दशमलव ४४, एक दशमलव ८४ र एक दशमलव ९५ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ६९, दुई दशमलव ३५ र एक दशमलव १० प्रतिशत थियो । सिद्धार्थ, कृषि विकास र सिटिजन्स बैंक इन्टरनेसनलमा पनि पछिल्लो अवधिमा क्रमशः तीन दशमलव ९१, चार दशमलव ७८ र पाँच दशमलव ४१ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ४४, पाँच दशमलव ३३ र तीन दशमलव ९७ प्रतिशत थियो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एसिया, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा भने क्रमशः दुई दशमलव शून्य आठ, चार दशमलव २३ र तीन दशमलव ९५ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः शुन्य दशमलव ५८, तीन दशमलव ६२ र तीन दशमलव ८४ प्रतिशत थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया