कामना सेवा विकास बैंकद्वारा मठमन्दिर र पार्क सरसफाइ
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै कामना सेवा विकास बैंकले मन्दिरहरूको सरसफाइ र संरक्षणका लागि देशव्यापीरूपमा मठमन्दिर, पार्क सरसफाइ साथै डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।
‘सांस्कृतिक र धार्मिक धरोहरको संरक्षण गर्नु हाम्रा कर्तव्य हो’भन्ने बोध गर्दै कामना सेवा विकास बैंकले विभिन्न मन्दिर क्षेत्रको बाह्य सफाइ तथा मन्दिर परिसरमा भएका अव्यवस्थित वस्तुहरू हटाउने कार्य सम्पन्न गरेको जनाएको छ ।
उक्त कार्यक्रममा बैंकका विभागीय प्रमुखहरू, क्षेत्रीय प्रमुखहरू तथा अन्य कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो । बैंकले यस कार्यमार्फत धार्मिक स्थलहरूको दिगो र दीर्घकालीन संरक्षण सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया