Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकले जित्यो अन्तर बैंक फुटसलको उपाधि

ग्लोबल आईएमई बैंकले जित्यो अन्तर बैंक फुटसलको उपाधि


काठमाडौं । ग्लोबल आईएमई बैंकले अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले बुटवलमा आयोजना गरेको प्रथम अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबी बैकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आईएमई बैंकले उपाधि जितेको हो ।

विजेता बनेसँगै ग्लोबल आईएमई बैंकले ५० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको एनएमबी बैकले २५ हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा ग्लोबल आईएमई बैंकका बमबहादुर भुजेल सर्वोत्कृष्ट खेलाडी घोषित भए थिए । ग्लोबल आईएमई बैंककै दुर्गा ओली सर्वाधिक गोलकर्ता बनेका छन् । उनले खेल अवधिभर १८ गोल गरेको बैंकले जानकारी दिएको छ । यसैगरी सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आईएमई बैंकका हुपेन्द्र चौधरी बन्न सफल भएका छन् भने ग्लोबलईआइएमई बैंकका दुर्गा ओली उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रमको आयोजना गरिएको हो । विजेता, उपविजेता खेलाडीलाई नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदी, नेपाल राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाललगायतले पुरस्कार प्रदान गरेका थिए । आयोजकका अनुसार प्रतियोगितमा २९ टिमको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x