नेपाल बैंक लिमिटेड र दराजबीच सम्झौता
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराज केयमु प्रालिबीच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसँग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुट हुने र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम दुई हजार पाँच सय रुपैयाँ बराबरकोे छुट प्राप्त गर्न सकिनेछ । छुट प्राप्त गर्नका लागि नेपाल बैंकको शाखाहरूमा सम्पर्क गरी ग्राहकहरूले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ । यो योजना २०८१ साल कात्तिक २६ गतेदेखि २०८१ साल मङ्सिर ७ गतेसम्म लागू हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया