Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउपकार लघुवित्तको नाफा २७ लाख

उपकार लघुवित्तको नाफा २७ लाख


काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २७ लाख ७९ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ३७ लाख ५१ हजार रूपैयाँले ऋणात्मक रहेको थियो ।

हाल चुक्ता पुँजी १० करोड ६१ लाख ४८ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब २२ करोड ८७ लाख ५८ हजार रूपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २४ करोड ३९ लाख ७५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा दुई करोड ५९ लाख ८४ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ६६ लाख दुई हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब नौ करोड ६७ लाख २३ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९९ करोड ६० लाख ४१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ७५ लाख ८३ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ५७ लाख ९८ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८३ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x