हिमालयन क्यापिटलको साधारणसभा सम्पन्न
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बुधबारको दिन क्यापिटलको केन्द्रीय कार्यालय बागमती प्रदेश, कमलादी–२८, काठमाडौं (आईटी प्लाजा) मा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम सात प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभामार्फत पारित गरेको कम्पनीले जानकारी दिएको छ ।
साधारणसभामा संस्थाका सञ्चालकहरूको पुनर्नियुक्तिसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरेको छ । कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनील प्रसाद गोर्खालीले संस्थाका भावी योजनाहरू बारे मन्थन गरी संस्थाका सेयरधनीहरू, ग्राहक र सरोकारवालाहरूलाई उनीहरूको निरन्तर साथ र सहयोगको लागि हार्दिक आभार व्यक्त गरे । संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना सबै ग्राहकहरूलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत निक्षेप सदस्य, सेयर रजिस्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवाहरू ग्राहकहरूलाई प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया