दुई ब्रोकर एसोसिएसनबीच मर्जर सम्झौता
काठमाडौं । दुई ब्रोकर एसोसिएसनबीच मर्जर सम्झौता भएको छ । हाल सञ्चालनमा रहेका स्टक ब्रोकर्स एसोसिएन र धितोपत्र ब्रोकर्स एसोसिएनबीच मर्जर सझौता भएको हो । उक्त सम्झौतामा स्टक ब्रोकर्स एसोसिएनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एसोसिएनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन् । दुई संस्था मर्जरसँगै स्टक ब्रोकर्स एसोसिएसनको नामबाट सञ्चालनमा आउने भएको छ ।
पछिल्लो समय सेयर बजारमा देखिएको विकृति र विसंगतिलाई हटाउँदै बजारको विकास र विस्तार गर्नका लागि दुई संस्थाहरू एक भएर अघि बढ्नु परेको धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले जानकारी दिए । ‘२०७९ सालमा नयाँ धितोपत्र व्यवसायीहरूलाई अनुमतिपत्र दिएसँगै जुन किसिमको धु्रवीकरण नयाँ र पुरानाबीच देखिएको थियो त्यो धु्रवीकरण आजको यस ऐतिहासिक समझदारीसँगै समाप्त भएको छ,’ उनले भने ‘यसले पक्कै पनि हाम्रो पुँजीबजारलाई र हामी यस बजारका प्रमुख साझेदार धितोपत्र व्यवसायीहरूलाई नयाँ दिशा निर्देश गर्नेछ र यस अवसरले हामीलाई हाम्रो व्यवसायिकता अभिवृद्धि गर्दै हाम्रो हकहित संरक्षणमा एकीकृत भई काम गर्ने वातावरणको सिर्जना गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
साथै, अबको दिनमा संयुक्तरूपमा एउटै संस्थाको रूपमा अगाडि बढ्दै पुँजीबजारको विकास, विस्तार र कारोबार सुरक्षा एवं लगानीकर्ता हित संरक्षणका लागि एक ढिक्का भएर अघि बढ्न प्रतिबद्धता व्यक्त गरे । करिब २३ वर्षपछि पहिलोपटक धितोपत्र ऐन संशोधनका क्रममा रहेको र उक्त ऐनलाई व्यवसाय र व्यवसायमैत्री बनाउन मर्जरपछि एक भएको संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । ‘अझै पनि धेरै कुराहरू जुन वर्तमान अवस्थामा हाम्रो पुँजीबजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि आवश्यक छन् । त्यस किसिमका व्यवस्थाहरू समावेश भएको देखिँदैन,’ उनले भने, ‘यस्ता ऐनहरू क्रमिकरूपमा समयक्रममा निरन्तर संशोधन हुँदै जानुपर्ने हो । तर यति लामो अन्तरालपछि संशोधनमा आउँदै गर्दा पनि धेरै कुराहरू अझै समावेश गर्न छुटेको हुँदा सरोकारवाला सबैलाई यो विषयउपर आवश्यक छलफल गराई उक्त ऐनलाई अगाडि बढाउने हामीले आगामी दिनमा एकीकृत ढंगबाट पहल गर्नुपर्नेछ ।’
नेपालको पुँजीबजारमा अत्यावश्यक भइसकेको बजार पूर्वाधार, कारोबार औजारलगायतका विषयमा हामीले अगामी दिनमा ठोसरूपमा काम गर्नुपर्ने भन्दै अबका दिनमा इन्ट्रा डे कारोबार तथा सर्टसेलको व्यवस्था, इक्विटीको डेरिभेटिभ, इन्डेक्स फन्डलगायतका लगानी औजारहरूको विकास गर्न ढिला भइसकेको बताए । साथै, अक्सन मार्केट, मार्केट मेकर, सीसीपीलगायतका पूर्वाधारहरूको व्यवस्था गर्नुपर्ने हाम्रो बजारको टड्कारो आवश्यकता रहेको अध्यक्ष ढकालको भनाइ छ । सो कार्यका लागि नीतिगतरूपमै ऐन तथा नियमावली एवं विनियमावलीमा व्यवस्था गर्नको लागि एकीकृत भई लाग्ने समेत प्रतिबद्धता व्यक्त गरे । ‘हाम्रो बजारमा सेटलमेन्ट ग्यारेन्टी फन्डलाई कार्यविधि नभएकै आधारमा लामो समयदेखि सञ्चालनमा ल्याउन सकेका छैनौ भने धितोपत्र व्यवसायीहरूको मर्जर कार्यविधि बन्न सकेको छैन,’ उनले भने, ‘मार्जिन लेन्डिङ लाइसेन्स पाइसकेका धितोपत्र व्यवसायी साथीहरूले अस्पष्ट नीतिका कारण र पूर्वाधार अभावका कारण अझै पनि मार्जिन लेन्डिङ काम गर्न नसकिरहेको परिस्थिति छ । यी सबै विषयमा अब हामी एक भएपछि संयुक्तरूपमा काम गर्नेछौँ ।’
उक्त संस्था मर्जरमा स्टक ब्रोकर्स एसोसिएनका तर्फबाट मर्जर समितिका संयोजक पूर्वअध्यक्ष सन्तोषराज मैनाली रहेका छन् भने सदस्यहरूमा मदन पौडेल र सुयोग अधिकारी छन् भने धितोपत्र ब्रोकर्स एसोसिएनका तर्फबाट मर्जर समितिका संयोजक महासचिव कृष्ण गिरी तथा सदस्यहरू सुमन कुमार मल्ल र सन्दिप विक्रम राणामा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया