लघुवित्तहरूमा वित्तीय जोखिम बढ्दो
काठमाडौं । कर्जा असुलीमा समस्या उत्पन्न हुँदा लघुवित्त क्षेत्रमा वित्तीय जोखिम बढ्दै गएको छ । सञ्चालनमा रहेका ५२ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये हालसम्म २५ वटा संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये एकाधबाहेक सबैको निष्क्रिय कर्जा (एनपीएल) बढेको छ । जसले लघुवित्तहरूको वित्तीय स्वास्थ्य जोखिममा पर्दै गएको सङ्केत गर्छ ।
चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आरएसडीसी लघुवित्त वित्तीय संस्थामा दुई दशमलव ५७ प्रतिशत निष्क्रिय कर्जा छ । गत आवको सोही अवधिमा निष्क्रिय कर्जा एक दशमलव ४९ प्रतिशत थियो । हिमालयन लघुवित्तमा पनि पछिल्लो समय तीन दशमलव ७२ प्रतिशत निष्क्रिय कर्जा छ । गत आवको सोही अवधिमा हिमालयनको निष्क्रिय कर्जा तीन दशमलव ९२ प्रतिशत थियो । गत आवको पहिलो त्रैमासमा ११ दशमलव पाँच प्रतिशत रहेको ग्रामीण लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा यस वर्ष घटेर चार दशमलव ७८ प्रतिशतमा झरेको छ । गत आवको पहिलो त्रैमासमा एक दशमलव ६७ प्रतिशत निष्क्रिय कर्जा रहेको सपोर्ट लघुवित्तको यस वर्ष पहिलो त्रैमासमा एक दशमलव ६४ प्रतिशत निष्क्रिय कर्जा छ ।
डिप्रोक्स, फस्र्ट र आत्मनिर्भर लघुवित्तको यस वर्ष पहिला त्रैमासमा क्रमशः नौ दशमलव शून्य एक प्रतिशत, चार दशमलव ४४ र १४ दशमलव ४३ प्रतिशत निष्क्रिय कर्जा छ । जुन एक वर्षअघि क्रमशः पाँच दशमलव १४, एक दशमलव ९१ र आठ दशमलव ५३ प्रतिशत थियो । उपकार, नाडेप र आरम्भ चौतारी लघुवित्तहरूको निष्क्रिय कर्जा यस वर्ष पहिलो त्रैमासमा क्रमशः एक दशमलव २५, १० दशमलव ६१ र दुई दशमल १४ प्रतिशत छ । गत आवको सोही अवधिमा क्रमशः चार दशमलव ८३, छ दशमलव ५६ र पाँच दशमलव ४९ प्रतिशत थियो ।
ग्लोबल आईएमई, मानुषी, युनिक नेपाल र एनएमबी लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा यस वर्ष पहिलो त्रैमासमा क्रमशः चार दशमलव ३५, पाँच दशमलव १३, १५ दशमलव ७९ र छ दशमलव ३७ प्रतिशत छ । जुन गत आवको सोही अवधिमा क्रमशः चार दशमलव ७६, सात दशमलव ३४, १० दशमलव ८२ र सात दशमलव २७ प्रतिशत थियो । लक्ष्मी, आत्मनिर्भर, नेरुडे मिर्मिरे र मेरो माइक्रोफाइनान्स लघुवित्तको चालू आवको पहिलो त्रैमासमा क्रमशः सात दशमलव ९४, १४ दशमलव ४३, १६ दशमलव १४ र नौ दशमलव ३९ प्रतिशत निष्क्रिय कर्जा छ । गत आवको सोही अवधिमा यी संस्थाहरूको निष्क्रिय कर्जा क्रमशः छ दशमलव ८९, आठ दशमलव ५३, पाँच दशमलव ५१ र ११ दशमलव ५० प्रतिशत थियो । सूर्योदय वोमी, सामुदायिक लघुवित्त, साना किसान र नेसनल लघुवित्त वित्तीय संस्थामा चालू आवको पहिलो त्रैमासमा क्रमशः छ दशमलव ३०, छ दशमलव ४१, दुई दशमलव ४६ र चार दशमलव २६ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । गत आवको सोही अवधिमा भने यी संस्थाहरूमा यस्तो कर्जा क्रमशः पाँच दशमलव ९२, ११ दशमलव १६, शून्य दशमलव ८१ र चार दशमलव १७ प्रतिशत थियो ।
अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकामध्ये चालू आवको पहिलो त्रैमासमा इन्फिनिटी, स्वरोजगार र विजय लघुवित्त वित्तीय संस्थाहरूमा पनि क्रमशः ११ दशमलव ३५, पाँच दशमलव ४३ र नौ दशमलव ५७ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूको यस्तो कर्जा क्रमशः चार दशमलव ८५, पाँच दशमलव १७ र सात दशमलव ९० प्रतिशत थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
- शाइन रेसुंगा विकास बैंकद्वारा लाभांश घोषणा
- ग्लोबल आईएमई लघुवित्तको नाफा चार करोड
- एनएमबी लघुवित्तको नाफा ७१ लाख ५४ हजार
- दार्चुला जिप दुर्घटना: घाइतेलाई थप उपचारका लागि धनगढी लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया