Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारभरतपुरको गीतानगरमा कृषि विकास बैंकको नयाँ शाखा

भरतपुरको गीतानगरमा कृषि विकास बैंकको नयाँ शाखा


काठमाडौं । गाउँ घरमा सहज बैंकिङ सेवा दिने लक्ष्यका साथ भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा कृषि विकास बैक लिमिटेडको नयाँ शाखा शनिबारदेखि उद्घाटन गरिएको छ ।

बैंकका सञ्चालक समिति सदस्य सञ्जीव पौडेलले दीप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्घाटन गरेको कार्यक्रमको बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अध्यक्षता ग्रहण गरेका थिए । ‘साझा समृद्धिका लागि सबैको रोजाइ बैंक’ भन्ने दूरदृष्टिका साथ बैंकको दुई सय ७१ औँ र चितवन जिल्लाको १० औँ शाखाको रूपमा गीतानगर शाखा उद्घाटन गरेको बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी गराए । बैंकबाट सुनदेखि नुनसम्म, हलोदेखि हाइड्रोसम्म लगानी भइरहेको र हाल वित्तीय बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरूको उपलब्धता यस बैंकसँग रहेकाले सेवा लिनुहुन बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अनुरोध गरे । यो क्षेत्र कृषिको लागि प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले सहुलियतपूर्ण कर्जाको उपयोग गरी व्यावसायिक कृषितिर लाग्न सर्वसाधारणलाई बैंक सञ्चालक समिति सदस्य सञ्जीव पौडेलले आग्रह गरे । पौडेलले भरतपुर क्षेत्रका जनताको जीवनस्तर उकास्न र आयस्तर वृद्धि गर्नजस्तो सुकै परिस्थितिमा पनि कृषि विकास बैंकले तपार्इंहरूको साथमा रही तपाईंहरूको घर आगनको बैंकको रूपमा सहकार्य गर्न तयार रहेको समेत बताए । साथै, कर्मचारीहरूलाई पनि सेवाग्राहीहरूले चासो लिएका विषय तथा निजलाई उपलव्ध गराउनुपर्ने सेवा सम्बन्धमा समयमा नै छिटो निर्णय दिई सेवामा चुस्तदुरुस्त हुने गरी अगाडि बढ्न निर्देशन दिए ।

बैंकका करिब पाँच लाख मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेससहित मोबाइल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरी सेवा दिइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए । उद्घाटन कार्यक्रममा बैंकको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक क्युआर कोर्ड, पहिलो कर्जाग्राही विष्णु माया गौतम र चाँदनी खरेललगायतलाई बैंकको तर्फ फूलमालासहित सम्मान गरिएको बैंकका गीतानगर शाखा प्रबन्धक सागर प्रसाद शर्माले जानकारी दिए । सोही कार्यक्रममा प्रबन्धक सागर प्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यस्तै, बैंकको प्रदेश कार्यालय वीरेन्द्रनगर चितवनका निर्देशक सम्बृद्धि कार्कीले बैंकका विषयमा प्रकाश पारेका थिए । बैंकका वरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा भरतपुर महानगर वडा नं ८ का वडा अध्यक्ष जीवनाथ कडेँल, वडा नं ६ का वडा वडा सदस्य रुद्र अधिकारी, उवासंघ चितवनका उपाध्यक्ष अशोक अधिकारी भने कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठ, बागमती तथा गण्डकी प्रदेश चिफ सुशील हुमागाई, कृषि तथा एमएसएमई विभाग प्रमुख निकु आचार्य, मार्केटिङ एन्ड सेल्स विभागका वरिष्ठ शाखा प्रमुखद्वय धुव्र पौडेल र खेटराज दाहाललगायतको विशेष सहभागी थियो ।

बैंकमा झण्डै तीन लाख सेयर धनी रहेकोमा हाल गीतानगर बजार शाखा क्षेत्रमा करिब एक सयभन्दा बढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोबार गर्दै आएका छन् । बैंकले एक लाख ५२ हजार कर्जाग्राहीबाट दुई सय छ अर्ब लगानी गरेको छ भने २१ लाख निक्षेपकर्ताबाट दुई सय ६० अर्ब निक्षेप संकलन गरेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x