सन नेपाल लाइफको प्रदेशस्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम
काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीले प्रदेशस्तरीय मार्केटिङ म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशका करिव दुई सय जना मार्केटिङ म्यानेजरसहित शुक्र र चन्द्र क्लबमा पर्न सफल अभिकर्तालाई एक भव्य समारोह आयोजना गरी सम्मान गरेको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि तथा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जीवन बीमा अभिकर्ता पेसा एक सम्मानित र स्वतन्त्र पेसा भएको हुनाले सबै जना थप उर्जाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिए । सीईओ अर्यालले सन नेपाल लाइफ इन्स्योरेन्स डिजिटल प्लेटफर्ममा प्रवेश गर्ने नेपालको पहिलो कम्पनी भएको, ग्राहकको माग र जनचाहनालाई सम्बोधन गर्नआपतमा राहत दिन सन मेडिकेयरजस्तो स्वास्थ्यसम्बन्धी जोखिम बहन गर्ने सुविधा ल्याउने पहिलो कम्पनी भएको हुनाले कम्पनीमा आबद्ध सम्पूर्ण अभिकर्ताहरूलाई दृढ विश्वासका साथ थप सशक्त भएर अघि बढ्न प्रेरित गरे । उनले नेपालको बीमा बजारमा ग्राहकलाई नविनतम सुविधा दिने कुरामा सन नेपाल लाइफ सधै एक कदम अगाडि रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै कम्पनीका चिफ मार्केटिङ्ग अफिसर गणेश चौलागाईले अभिकर्ता पेशाबाटै कसरी विशिष्ट परिचय बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । अभिकर्ता पेसामा अथाह सम्भावना रहेको हुँदा निरन्तररूपमा मेहनत गर्दा यही पेसाबाटै उत्कृष्ट आम्दानी र सम्मान हासिल गर्न सकिने बताए । चौलागाईले बीमा क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने बिक्री कलाको विषयमा उत्पे्ररणामूलक प्रशिक्षण प्रदान गरेका थिए । उनले सन नेपाल लाइफले ल्याएको विभिन्न बिजनेस क्लबहरूको विषयमा जानकारी दिँदै कसरी ती क्लबहरूमा पुग्न सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण दिँदै यस प्रदेशबाट शुक्र र चन्द्र क्लबमा पर्न सफल मार्केटिङ म्यानेजरलाई बधाई तथा शुभकामना पनि दिएका थिए ।
अभिकर्ताको तर्फबाट प्रतिनिधित्व गर्दै मार्केटिङ म्यानेजर सन्तोष बस्नेतले सन नेपाल लाइफको दूरदर्शी सोच, ग्राहकमैत्री बीमा योजना, अभिकर्तामैत्री वातावरणको कारणले गर्दा बजारमा आफूलाई सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ताको रुपमा चिनाउन पाउँदा गर्व महसुस हुने बताए । उनले कम्पनीले भव्य कार्यक्रम आयोजना गरी मार्केटिङ म्यानेजरहरूलाई गरेको सम्मानले थप ऊर्जा र हौसला प्राप्त भएको बताउँदै यस्तो पुण्य कार्य गर्ने प्लेटफर्म प्रदान गरेकोमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिएका थिए ।
चन्द्रौटाको सिद्धार्थ ग्रिन रिसोर्टमा सम्पन्न भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, चिफ मार्केटिङ अफिसर गणेश चौलागाईं, अल्टरनेटिभ सेल्स हेड कमल सापकोटा, बुटवल कलस्टर हेड सन्तोस कुँवर क्षेत्री, प्रदेशअन्तर्गतका शाखा, उपशाखा प्रबन्धक, कर्मचारीलगायत दुईभन्दा बढी मार्केटिङ म्यानेजरको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया