लघुवित्तहरूको वित्तीय स्थिति
२५ वटाले नाफा कमाउँदा १५ वटा नोक्सानीमा, निष्क्रिय कर्जा बढ्योे
काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरू सङ्कटोन्मुख अवस्थामा देखिएको पुष्टि भएको छ । सञ्चालनमा रहेका ५२ मध्ये हालसम्म ४० वटा संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुसार २५ वटा लघुवित्तले नाफा कमाएका छन भने १५ वटाले नोक्सानी बेहोरेका छन् । नाफा कमाएका संस्थाहरू पनि गत आर्थिक वर्ष (आव)को तुलनामा नाफा घट्दै गएको छ भने निष्क्रिय कर्जा बढ्दै गएको छ । यी सूचकमा परेको दबाबले लघुवित्त वित्तीय संस्थाहरू सङ्कटोन्मुख अवस्थामा पुगेका छन् भनेर भन्न सकिन्छ । लघुवित्त संस्थाहरूले ग्रामीण अर्थतन्त्र र विशेषगरी साना तथा मझौला उद्योग र विपन्न वर्गहरूलाई लक्षित गर्दै कर्जा प्रवाह गर्दै आएका छन् । विभिन्न समस्याका कारण यी क्षेत्रहरूमा प्रवाह भएको ठूलो परिमाणको कर्जा उठ्न नसक्दा लघुवित्तहरूमा निष्क्रिय कर्जा बढेको छ भने खुद मुनाफामा धक्का पुगेको छ ।
यस अवधिमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाले दुई करोड ६० लाख ९८ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा दुई दशमलव ५७ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा यो लघुवित्तले चार करोड सात लाख ७४ हजार रुपैयाँ नाफा कमाउँदा एक दशमलव ४९ प्रतिशत निष्क्रिय कर्जा थियो । हिमालयन लघुवित्तले पनि एक करोड ३४ लाख ९९ हजार रुपैयाँ नाफा कमाउँदा तीन दशमलव ७२ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा हिमालयनले १० लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो भने निष्क्रिय कर्जा तीन दशमलव ९२ प्रतिशत थियो ।
ग्रामीण विकास लघुवित्तले पनि चालू आवको पछिल्लो अवधिमा आठ करोड ७९ लाख २३ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा चार दशमलव ७८ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा छ करोड ७३ लाख चार हजार रुपैयाँ खुद मुनाफा कमाएको संस्थामा ११ दशमलव पाँच प्रतिशत निष्क्रिय कर्जा रहेको थियो । चालू आवको पछिल्लो अवधिमा २६ लाख छ हजार रुपैयाँ खुद मुनाफा कमाएको सपोर्ट लघुवित्तमा एक दशमलव ६४ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा १५ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा कमाएको यो संस्थामा एक दशमलव ६७ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो ।
डिप्रोक्स लघुवित्तले भने पछिल्लो अवधिमा छ करोड ७९ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने नौ दशमलव शून्य एक प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा आठ करोड ८२ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा कमाएको डिप्रोक्समा पाँच दशमलव १४ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो । फस्र्ट माइक्रो फाइनान्सले पनि तीन करोड १० लाख ८० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने चार दशमलव ४४ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा यो संस्थाले पाँच करोड छ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एक दशमलव ९१ प्रतिशत निष्क्रिय कर्जा थियो ।
उपकार लघुवित्तले पछिल्लो अवधिमा २७ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एक दशमलव २५ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा तीन करोड ३७ लाख ५१ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको यो संस्थामा चार दशमलव ८३ प्रतिशत निष्क्रिय कर्जा थियो । आरम्भ चौतारीले पनि दुई करोड १५ लाख १४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने दुई दशमलव १४ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा यो संस्थाले २५ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा पाँच दशमलव ४९ प्रतिशत निष्क्रिय कर्जा थियो । ग्लोवल आईएमई लघुवित्तले पनि चालू आवको पछिल्लो तीन महिनामा चार करोड चार लाख ७७ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा चार दशमलव ३५ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा तीन करोड ४० लाख सात हजार रुपैयाँ नाफा कमाएको यो संस्थामा चार दशमलव ७६ प्रतिशत निष्क्रिय कर्जा थियो ।
युनिक लघुवित्तले भने पछिल्लो अवधिमा सात लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने १५ दशमलव ७९ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा तीन करोड १७ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको यो संस्थामा १० दशमलव ८२ प्रतिशत निष्क्रिय कर्जा थियो । एनमबी लघुवित्तले पनि ७१ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने छ दशमलव ३७ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा यो संस्थाले चार करोड ७३ लाख ४१ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा सात दशमलव २७ प्रतिशत निष्क्रिय कर्जा थियो । लक्ष्मी लघुवित्तले पनि चालू आवको पहिलो त्रैमासमा एक करोड ७० लाख १४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सात दशमलव ९४ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा यो संस्थाले ९५ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा छ दशमलव ८९ प्रतिशत निष्क्रिय कर्जा थियो ।
यसैगरी मेरो माइक्रोफाइनान्सले पनि ३६ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने नौ दशमलव ३९ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा छ करोड २५ लाख ४७ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको यो संस्थामा ११ दशमलव ५० प्रतिशत निष्क्रिय कर्जा रहेको थियो । चालू आवको पहिलो त्रैमासमा नाफा कमाएका संस्थाहरूमध्ये साना किसान, नेसनल, स्वरोजगार, जीवन विकास, महुली, महिला, छिमेक, स्वालम्बन, नेष्डो, कालिका, सम्पदा र एनआईसी एसिया लघुवित्त संस्थाहरूमा पनि एकाधबाहेक गत आवको तुलनामा नाफा घटेको छ भने निष्क्रिय कर्जा बढेको छ ।
१५ वटा लघुवित्तहरू खुद नोक्सानीमा
अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्त संस्थाहरूमध्येमा १५ वटाले चालू आवको पहिलो त्रैमासमा खुद नोक्सानी बेहोरेका छन् । गत आवको पहिलो त्रैमासमा ५२ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा आठ दशमलव ५३ प्रतिशत निष्क्रिय कर्जा देखिएको आत्मनिर्भर लघुवित्तमा १४ दशमलव ४३ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ भने खुद नोक्सानी ४३ लाख ५३ हजार रुपैयाँ देखिएको छ ।
नाडेप लघुवित्तले पनि चालू आवको पहिलो त्रैमासमा चार करोड ९७ लाख २४ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ भने १० दशमलव ६१ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा ५१ लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाएको यो संस्थामा छ दशमलव ५६ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ ।
मानुषी लघुवित्तले पनि चालू आवको पहिलो त्रैमासमा ५६ लाख १६ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ भने पाँच दशमलव १३ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा एक करोड १२ लाख ८० हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको यो संस्थामा सात दशमलव ३४ प्रतिशत निष्क्रिय कर्जा थियो । नेरुडे लघुवित्तले पनि चालू आवको पहिलो त्रैमासमा २६ करोड ११ लाख ५० हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा १६ दशमलव १४ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा यो संस्थाले एक करोड ९० लाख ४६ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा पाँच दशमलव ४२ प्रतिशत निष्क्रिय कर्जा थियो ।
सूर्योदय वोमी लघवित्तले चार करोड ७१ लाख ८३ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा छ दशमलव ३० प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा उक्त संस्थाले एक करोड १७ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा पाँच दशमलव ९२ प्रतिशत निष्क्रिय कर्जा थियो । सामुदायिक लघुवित्तले पनि चालू आवको पहिलो त्रैमासमा एक करोड ९९ लाख ५८ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा छ दशमलव ४१ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा उक्त संस्थाले दुई करोड ९४ लाख ५२ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा ११ दशमलव १६ प्रतिशत निष्क्रिय कर्जा थियो ।
इन्फिनिटी लघुवित्तले पनि सात करोड १० लाख ८८ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा ११ दशमलव ३५ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा संस्थाले ५२ लाख ३४ हजार रुपैयाँ नाफा कमाउँदा चार दशमलव ८५ प्रतिशत निष्क्रिय कर्जा थियो । विजय लघुवित्तले पनि तीन करोड ४५ लाख ५९ हजार रुपैयाँ खुुद नोक्सानी बेहोर्दा नौ दशमलव ५७ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आवको सोही अवधिमा संस्थाले एक करोड ४९ लाख २६ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सात दशमलव ९० प्रतिशत निष्क्रिय कर्जा रहेको थियो ।
यीबाहेकका अभियान, स्वाभिमान, निर्धन, समता, मातृभूमि र आशा लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पहिलो त्रैमासमा खुद नोक्सानी बेहोरेका छन् । यी संस्थाहरूमा निष्क्रिय कर्जाको अनुपात पनि गत आवको तुलनामा बढेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- गृहमन्त्रीद्वारा नवीन सोचका साथ काम गर्न निर्देशन
- सत्र क्विन्टल गाँजासहित टिपर चालक पक्राउ
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया