Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम

नेसनल लाइफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम


काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विराटनगरको होटल इस्टर्न स्टारमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका चार सय २५ जनाभन्दा बढी अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्वीप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा कोशी प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरिएको थियो भने सो प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेसनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेसनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीयरूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरूप मधेश प्रदेश र गण्डकी प्रदेशका अभिकर्ताहरू बीच सम्मान कार्यक्रम सम्पन्न भइसकेको र सोही क्रममा कोशी प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताउँदै अन्य प्रदेशमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराए । उनले कम्पनीले अभिकर्तामैत्री स्किमहरू ल्याउने क्रममा सीईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट दुई हजार जनाभन्दा बढी अभिकर्ताहरू छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए ।

समारोहमा सीईओ क्लब सदस्य र नेसनल रत्नबाट सम्मानित हुन सफल बिजनेस लिडरहरूले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x