Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरूले सेयर धितोमा दिए एक खर्बभन्दा बढी कर्जा

बैंकहरूले सेयर धितोमा दिए एक खर्बभन्दा बढी कर्जा


काठमाडौं । सेयर धितो अर्थात् मार्जिन लोन शीर्षकमा बैंक तथा वित्तीय संस्थाहरूले एक खर्ब रुपैयाँभन्दा बढी कर्जा दिएका छन् । नेपाल राष्ट्र बैंकको असोज मसान्तसम्मको तथ्याङ्कअनुसार सेयर धितोमा बैंकिङ क्षेत्रले कुल एक खर्ब पाँच अर्ब ८२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाले ६६ खर्ब ६२ अर्ब २६ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ खर्ब ८७ अर्ब ९७ करोड ४० लाख रुपैयाँ संकलन गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा यस वर्षको पहिलो तीन महिनामा २४ अर्ब ८० करोड ७० लाख रुपैयाँ बढी सेयर धितो कर्जा प्रवाह गरेका छन् । गत वर्ष असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ५९ खर्ब १४ अर्ब ३४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ९३ अर्ब ९२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा ८१ अर्ब एक करोड ८० लाख रुपैयाँ ऋण लगानी गरेका थिए ।

वाणिज्य बैंकहरूले मात्र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ खर्ब २५ अर्ब ७३ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ४६ खर्ब ७३ अर्ब ७२ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा ८४ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा २० अर्ब ८७ करोड ८० लाख रुपैयाँ बढी हो । गत वर्ष असोजसम्म वाणिज्य बैंकहरूले ५२ खर्ब २१ अर्ब ८४ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब १८ अर्ब ९९ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा ६३ अर्ब ३३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैकहरूले भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छ खर्ब दुई अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ११ अर्ब ५४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा १७ अर्ब ३८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन अर्ब १७ करोड ५० लाख रुपैयाँ बढी हो । गत वर्ष असोज मसान्तसम्म विकास बैंकहरूले पाँच खर्ब ७७ अर्ब ६७ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ८१ अर्ब ५८ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा १४ अर्ब २० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरूले यस वर्ष पहिलो त्रैमासमा एक खर्ब ३३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब दुई अर्ब ७१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा चार अर्ब २३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ करोड ४० लाख रुपैयाँले बढी हो । गत वर्ष असोज मसान्तसम्म फाइनान्स कम्पनीहरूले एक खर्ब १४ अर्ब ८२ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा तीन अर्ब ४७ करोड ८० लाख रुपैयाँ लगानी गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x