Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको २३औँ साधारणसभा सम्पन्न

समृद्धि फाइनान्सको २३औँ साधारणसभा सम्पन्न


काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २३औँ साधारणसभा मकवानपुरको हेटौंडामा रहेको होटेल एभोकाडोमा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आवको वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरणमाथि छलफल गर्ने, आव २०८१/८२ लागि वाह्य लेखापरीक्षक नियुक्ति गर्नेलगायतका एजेन्डाहरूमा छलफलसहित पारित गरेको छ ।

साधारणसभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदन उपर सहभागी भएका सेयरधनीहरूबाट सल्लाह, सुझाव र जिज्ञासाहरूलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x