बैंकहरुले घटाउँदै लगे विपन्न वर्ग कर्जा
काठमाडौं । बैंकहरूले विपन्न वर्गमा प्रवाह हुने कर्जा घटाउँदै गएका छन् । पछिल्लो समय वित्तीय क्षेत्रमा खराब कर्जा बढेसँगै बैंकहरूले विपन्न वर्ग कर्जा पनि घटाएका हुन् । अहिले पनि बैंकहरूले विपन्न वर्गमा प्रवाह गरेको कर्जाको धेरै हिस्सा निष्क्रिय कर्जामा वर्गीकरण भएको छ । त्यसैले बैंकहरूले विपन्न वर्गमा जाने कर्जा घटाउँदै लगेको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूले ५२ खर्ब ८७ अर्ब ९७ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा चार दशमलव ४२ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । यस्तै कुल कर्जाको छ दशमलव १७ प्रतिशतले हुने तीन खर्ब २२ अर्ब २६ करोड ७९ लाख ९५ हजार आठ सय रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । बैंकिङ क्षेत्रले विपन्न वर्गमा प्रवाह गरेको यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ७३ प्रतिशत अर्थात् १८ अर्ब ३१ करोड ३१ लाख पाँच हजार रुपैयाँ कम हो ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ४९ खर्ब ९३ अर्ब ९२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसत छ दशमलव ९० प्रतिशतले हुने तीन खर्ब ४४ अर्ब ५८ करोड ११ लाख एक हजार रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
वाणिज्य बैंकहरूले ४६ खर्ब ७३ अर्ब ७२ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ९८ प्रतिशतका दरले हुने दुई खर्ब ७९ अर्ब ४८ करोड ८५ लाख १५ हजार आठ सय रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा शून्य दशमलव ४४ प्रतिशत अर्थात् चार अर्ब २१ करोड सात लाख छ हजार चार सय रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ४४ खर्ब १८ अर्ब ९९ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा छ दशमलव ४२ प्रतिशतले हुने दुई खर्ब ८३ अर्ब ६९ करोड ९२ लाख २२ हजार दुई सय रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कुल पाँच खर्ब ११ अर्ब ५४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव ७६ प्रतिशतले हुने ३९ अर्ब ६९ करोड ५५ लाख ८१ हजार छ सय रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ४८ प्रतिशत अर्थात् १४ अर्ब ४३ करोड ४१ लाख २२ हजार आठ सय रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले चार खर्ब ८१ अर्ब ५८ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ११ दशमलव २४ प्रतिशतका दरले हुनआउने ५४ अर्ब १२ करोड ९७ लाख चार हजार रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक खर्ब दुर्ई अर्ब ७१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको मध्ये सात दशमलव १९ प्रतिशतका दरले हुने सात अर्ब ३८ करोड ४९ लाख ९२ हजार आठ सय रुपैयाँबराबर विपन्न वर्गमा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव १८ प्रतिशत अर्थात् ५० करोड ४५ लाख ८१ हजार नौ सय बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले ९३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव ३७ प्रतिशतले हुने छ अर्ब ८८ करोड चार लाख १० हजार नौ सय रुपैयाँ विपन्न वर्गमा प्रवाह गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
- राहदानी प्रणालीमा ‘र्यान्समवेअर’ आक्रमण भएको कसरी थाहा भयो, कहिलेदेखि सबैतिर सेवा सुरु हुन्छ?
- श्रीलंकाको विद्युत् पूर्वाधारका लागि एडीबीले २० करोड डलर ऋण दिने
- युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया