Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी विकास बैंक र चिरायु नेसनल हस्पिटलबिच सम्झौता

लुम्बिनी विकास बैंक र चिरायु नेसनल हस्पिटलबिच सम्झौता


काठमाडौं, पुुस ७
लुुम्बिनी बिकास बैंक र चिरायुु हष्पिटलबिच सम्झौता भएको छ । निरन्तर सहयात्रा भन्ने मूल नाराका साथ बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बैंकले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि. बसुन्धारा, काठमाडौं सँग बैंकका कर्मचारी, डेबिट कार्ड बाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिसतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको हो ।

उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक दिपक खनाल र हस्पिटलको तर्फबाट संचालन निर्देशक चण्डेश्वरा एन.आर वैधले हस्ताक्षर गरेकाछन । बैंकले हाल देशभर ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्कबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x