Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंक र मास्टरकार्डबीच सहकार्य

सनराइज बैंक र मास्टरकार्डबीच सहकार्य


काठमाडौं, पुस ७
सनराइज बैंकले आफ्ना ग्राहकहरूको सहजतालाई ध्यानमा राख्दै विभिन्न अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक भिसा र युनियन–पे ब्राण्डहरूसँग सहकार्य गर्दै आएको छ । त्यसै क्रममा बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवाप्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ । बैंकले यसअघि नै भिसा तथा युनियन–पे ब्राण्डका कार्डहरू जारी गर्दै आफ्ना एटीएम र पोइन्ट अफ सेलमार्फत भिषा कार्डहरू स्वीकार गर्दै आएको छ । सर्वसाधारणलाई विश्वस्तरीय सेवा दिने उद्देश्यका साथबैकले आफ्नो एटीएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो । यससँगैे स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्डमार्फत रकम निकाल्न झनै सहज हुने भएको छ ।

नेपाल भ्रमण गर्ने अधिकांश युरोपेली पर्यटकहरूले मास्टरकार्ड प्रयोग गर्ने गरेको तर उक्त ब्राण्डका कार्ड स्वीकार गर्ने एटीएमहरू नेपालमा न्यून रहेका छन् । बैंकको यो सेवाले पर्यटकहरूलाई एटीएममार्फत रकम निकाल्न सहज हुने विश्वास गरिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’को सुरुवातमा नै बैंकले सुरु गरेको यो सेवाबाट समग्र पर्यटन क्षेत्र लाभान्वित हुने आशा बैंकले लिएको छ । अत्यधुनिक पेमेन्ट सिस्टमसहित नवीनतम सेवा दिने उद्देश्यका साथ बैंकले निकट भविष्यमा मास्टरकार्ड ब्राण्डका कार्ड जारी गर्ने तथा पोइन्ट अफ सेलमार्फत समेत मास्टरकार्ड स्वीकार गर्नको लागि आवश्यक पहल गरिसकेको छ ।

हालसम्म बैंकले एक सय २८ वटा शाखा, ४२ वटा शाखारहित बैंकिङ सेवा, आठवटा एक्सटेन्सन काउण्टर र एक सय ४७ वटा एटीएममार्फत आफ्ना छ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ, एक्सटेन्सन काउण्टर र एटीएमहरू सञ्चालन गर्ने योजना रहेको जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x