Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकको शाखा तौलिहवामा

प्रभु बैंकको शाखा तौलिहवामा


काठमाडौं, पुस ७
प्रभु बैंक लिमिटेडले तौलिहवामा पनि शाखा खोलेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ०१ स्थित तौलिहवामा आफ्नो २०२औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको तौलिहवा शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले एक समारोहबीच गरेका हुुन । यो शाखासहित प्रभुको कुल शाखा संख्या २०२औं एक्सटेन्सन काउन्टर संख्या ३८, शाखारहित सेवा केन्द्र १७ र एटीएम संख्या एक सय ५२ पुगेको छ ।

बैंकको तौलिहवामा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि सिंहले प्रभु बैंकले तौलिहवामा आफ्नोे शाखासञ्चालनमा ल्याई सर्वसाधारणलाई आफ्नै घरआँगनमा सरल, सहज र अत्याधुनिक बैंकिङ सेवा प्रदान गरी प्रशंसनीय कार्य गरेको बताए । मन्तव्यको क्रममा उनले बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना समेत व्यक्त गरे । बैंकको तौलिहवा शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको तौलिहवा शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय सर्वसाधारणहरू, उद्योगी व्यापारी तथा अन्य संघसंस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा तौलिहवा शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x