Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्टक ब्रोकरद्वारा विद्युतीय माध्यमबाट कारोबार गर्दा सहीरूपमा विवरण उपलब्ध गराउन आग्रह

स्टक ब्रोकरद्वारा विद्युतीय माध्यमबाट कारोबार गर्दा सहीरूपमा विवरण उपलब्ध गराउन आग्रह


काठमाडौं, भदौ ७
स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसवान) विद्युतीय माध्यमबाट सेयर कारोबार गर्दा आफ्नो विवरण सहीरूपमा अधावधिक गर्न आग्रह गरेको छ । एसोसियसनले शुुक्रबार सबै लगानीकर्ताहरूको नाउँमा अपिल जारी गर्दै व्यवसायीले आईपीएसमार्फत बिक्री रकमको हस्तान्तरण गर्दा कतिपय ग्राहकहरूले आफ्नो बैंक खाताको विवरण अध्यावधिक नगराएका कारणले रकम भुक्तानी गर्न सदस्यहरूलाई असहज भएको तथा भुक्तानी पठाएको रकम फिर्ता हुनेगरेको अवस्था विद्ययमान रहेको भन्दै यस्तो आग्रह गरेको हो ।

यो अवस्था आउन नदिनको लागि सेयर बिक्री गर्ने लगानीकर्ताले आईपीएस प्रणालीबाट समयमै भुक्तानी लिन आफूले धितोपत्र बिक्री गर्नुपूर्व आफूले कारोबार गर्ने धितोपत्र दलाल व्यवसायीलाई आफूले रकम लिन चाहेको बैंक खाताको विवरण (बैंकको नाम, शाखाको ठेगाना, खाता नम्बर) गल्ती नहुने गरी इमेल, भाइबरजस्ता विद्युतीय माध्यमबाट अद्यावधिक गराइदिनु हुन आग्रह गरेका हौँ, एसोसिएसनले विज्ञप्तिमार्फत भनेको छ ।

विश्वभर फैलिरहेको कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरण गर्दै इन्टरनेट तथा विद्युतीय माध्यमको प्रयोग गरी धितोपत्रको दोस्रो बजारमा हुने कारोबार सुचारु गर्न तथा निरन्तर सेवा सञ्चालन गरी राख्न नियमक नेपाल धितोपत्र बोर्ड तथा बजार सञ्चालकहरूलगायतका निकायहरूले गरेको काम र प्रयत्नको सह्राना गर्दै एसोसिएसनले धितोपत्र दलाल व्यवसायीमार्फत दोस्रो बजारमा हुने कारोबारको रकम विद्युतीय माध्यमबाट लिनेदिने सम्बन्धमा नियमक नेपाल धितोपत्र बोर्डले गत असार १४ गते र यही भदौ तीन गते व्यवसायीलाई दिएको निर्देशनलाई गम्भीररूपमा लिएको बताएको छ ।

सदस्य व्यवसायीहरूले आफूमार्फत बिक्री भएको अधिकांश कारोबारहरूको भुक्तानी कारोबार प्रणालीमा उपलब्ध आईपीएसबाट ग्राहकले दिएको बैंक खातामा पठाउने व्यवस्था गरेको भन्दे सदस्य व्यवसायीहरूबाट कहीँकतै यसमा ढिलासुस्ती भएको भए अविलम्ब सुधार गर्न संघ आग्रह गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

यो अवस्थामा कतिपय लागानीकर्ताले आफूले खरिद गरेको रकम कारोबार प्रणालीबाट वा सिधै कनेक्ट आईपीएसको प्रयोग गरी भुक्तानी गरिरहेका भए पनि धेरै लगानीकर्ताहरू तथा ठूला भुक्तानीहरू अझै पनि चेकबाटै गर्नेगरेका छन् । कोभिड १९ को संक्रमण न्यूनीकरण तथा नियन्त्रणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण आवागमनमा असहजता तथा सीमित बैंकिङ कारोबार भएको यस अवस्थामा चेकमार्फत खरिद कारोबारको भुक्तानी गर्न खोज्दा धितोपत्र दलाल व्यवसायीहरूलाई अप्ठ्यारो पर्ने देखिएको छ ।

झनै नियमक निकाय नेपाल धितोपत्र बोर्डबाट समेत यही भदौ पाँच गते निर्देशन जारी भई उल्लिखित मितिले १५ दिनभित्रमा हामी व्यवसायी र लगानीकर्ताबीच हुने कारोबारको रकम लेनदेन विद्युतीय माध्यमबाट मात्र गर्न भनिएकाले अव उप्रान्त धितोपत्र दलाल व्यवसायहरूले विद्युतीय माध्यमभन्दा बाहेकका माध्यमबाट भुक्तानी लिन नसक्ने अवस्था रहेको प्रस्ट पार्न चाहान्छौँ, विज्ञप्तिमा भनिएको छ ।

तसर्थ धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताहरू बजारमा उपलब्ध अनलाइन बैंकिङ, कनेक्ट आईपीएसलगायतका इटरनेट तथा विद्युतीय भुक्तानी प्रणालीहरूमा आबद्ध भई दिन आग्रह गर्दै धितोपत्र दलाल व्ययवसायीलाई अग्रीमरूपमा तथा धितोपत्र खरिदपश्चात् गर्ने भुक्तानी विद्युतीय माध्यमबाट मात्र गरिदिन अनुरोध गर्दछौ, एसोसिएसनले विज्ञप्तिमार्फत भनेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x