Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १३ सय ९७ बिन्दुमा

बजार परिसूचक १३ सय ९७ बिन्दुमा


काठमाडौं, भदौ ७
यस साता सेयर बजार परिसूचक १३ सय ९७ दशमलव ५७ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई सय ८८ दशमलव ३६ अंकमा पुुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ७६ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार ८१ हजार दुुई सय ३४ वटा कारोबारमा एक करोड ५७ लाख ६६ हजार दुुई सय ५७ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम चार अर्ब ९४ करोड २६ लाख ३५ हजार रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।

गत साता भने धितोपत्र बजारमा एक सय ७५ कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार एक लाख ३२ हजार छ सय ८० वटा कारोबारमा एक करोड ७४ लाख ७२ हजार चार सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम पाँच अर्ब ८० करोड ६० लाख ३५ हजार तीन सय ६३ रुपैयाँ पुुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । सोमध्ये पहिलो र चौथो दिन सेयर बजार घटेको थियो भने दोस्रो, तेस्रो र पाँचौं दिन सेयर बजार बढेको थियो ।

जसमध्ये पहिलो दिन बजार परिसूचक १७ दशमलव ३३ अंकले ओरालो लागेर १३ सय ९१ दशमलव ४६ अंकमा झरेको थियो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९८ अंकले ओरालो लागेर दुुई सय ८८ दशमलव ८६ अंकमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक १० दशमलव ७५ अंकले उकालो लागेर १४ सय दुुई दशमलव २१ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १४ अंकले उकालो लागेर दुुई सय ९० अंकमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसूचक पाँच दशमलव ६८ अंकले उकालो लागेर १४ सय सात दशमलव ८९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव २३ अंकले उकालो लागेर दुई सय ८९ दशमलव ७७ अंकमा चढेकोे थियो ।

चौथो कारोबार दिन भने बजार परिसूचक १६ दशमलव छ अंकले ओरालो लागेर १३ सय ९१ दशमलव २९ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ७१ अंकले ओरालो लागेर दुुई सय ८७ दशमलव सात अंकमा झरेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक पुन छ दशमलव २८ अंकले उकालो लागेर १३ सय ९७ दशमलव ५७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३६ अंकले उकालो लागेर दुुई सय ८८ दशमलव ३६ अंकमा चढेको थियो ।

यस साता एनआईसी एसिया बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनएमबी बैंक, नेपाल बैंक, अजोड इन्स्योरन्स कम्पनी आदिको बढी रकम कारोबार भएका छन् । सेयर कारोबार भएको संख्याका आधारमा पनि यस साता यिनै कम्पनीहरूको वर्चश्व रहेको छ । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेण्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x