प्रुडेन्सियल इन्स्योरेन्सद्वारा वार्षिक सभाको आह्वान
काठमाडौं, भदौ ७
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही भदौ २६ गते आफ्नो १८औं वार्षिक साधारणसभाको आह्वान गरेको हो । कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत बढी अनुपातमा कायम रहेको संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीमा संस्थाप सेयरधनी समूहको ८० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको २० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कम्पनीले आगामी साधारणसभामार्फत उक्त सेयर स्वामित्वमा परिवर्तन गरी संस्थापक सेयरधनी समूहको अनुुपात ६० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको अनुपात ४० प्रतिशत पु-याउने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १४ करोड १५ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १४ करोड छ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब दुुई करोड नौ लाख ६९ हजार रुपैयाँ रहेको कम्पनीको गत आवको चौथो त्रैमासिक अवधिमा प्रति सेयर आम्दानी १३ रुपैयाँ ८७ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ८२ रुपैयाँ २० पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया