एनएमबी बैंकद्वारा कञ्चन विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सञ्चालन
काठमाडौं, भदौ ८
एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरी आइतबारदेखि एकीकृत कारोबार सञ्चालन गरेको छ । प्राप्तिपश्चात् बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड रुपैयाँ पुुगेको छ भने जगेडा कोषको आकार सात अर्ब ३५ करोड रुपैयाँ पुुगेको छ । प्राप्तिपश्चात् बैंकको नाम एनएमबी बैंक लिमिटेड नै रहेको छ भने रजिष्ट्रर्ड/मुख्य कार्यालय साबिककै बबरमहल काठमाडौँंमा रहेको छ ।
एकीकृत वित्तीय कारोबारको थालनीसँगै, एनएमबी बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड (चिनारी) समेत बलियोरुपमा स्थापित भएको छ । जसले सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पु-याउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरूसँगको सहकार्यलाई अघि बढाउन मदत गर्नेछ ।
एनएमबी बैंकमा नेदरल्याण्डको एफएमओ, कर्मचारी सञ्चय कोषलगायतका संस्थाहरूको समेत लगानी रहेको छ । एफएमओ निदरलैण्ड्स अन्तर्राष्ट्रिय रुपमा राम्रो छवी भएको स्टान्डर्ड एण्ड पोर तथा फिचजस्ता संस्थाहरूले एएए रेटिङ गरेको निदरलैण्ड सरकार समेतको लगानी रहेको अन्तर्राष्ट्रिय विकास बैंक हो ।
एफएमओसँगको गठबन्धनले बैंकलाई वातावरणीय र सामाजिक जोखिमहरू प्रबन्ध गर्न र नवीकरणीय ऊर्जा, साना तथा मझौला कर्जाहरू र कृषि व्यवसायमा प्रमुख सम्बाहकको रूपमा प्रस्तुत गर्न सघाउ पु-याएको छ । एनएमबी बैंक बैंक अफ द इयर–२०१७ र बैंक अफ द इयर–२०१८ द्वारा लगातार पुरस्कृत गरिएको बैंक हो । कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्तिपश्चात् बैंकले एक सय ८६ शाखाहरू, छवटा विस्तारित काउन्टरहरू र एक सय ३५ एटीएमहरूको मजबुत सञ्जालमार्फत ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया