आईएमई लाइफको प्रमुख कार्यकारी अधिकृतमा फुयाँल
काठमाडौं, भदौ ८
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा कवि फुयाँल नियुक्त भएका छन् । फुयाँलले आफ्नो करियर बैंकिङ सेवाबाट सुरुवात गरेका थिए । पछिल्लो समयमा फुयाँल विभिन्न बीमा कम्पनीमा उच्च व्यवस्थापकीय पदमा कार्यरत रहेको आईएमई लाइफले जानकारी दिएको छ ।
आइतबार नै कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै फुयाँलले आफूसँग रहेको कार्य अनुभवको प्रचुररुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरूमध्ये उत्कृष्ट स्थान हासिल गर्न आफू सदैव प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै कम्पनीलाई हालसम्म सहयोग पु-याउने नियमनकारी निकायहरू बीमा समिति, कम्पनी रजिष्टारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक सेयरधनीहरू, अभिकर्ता, शुभचिन्तकलगायत सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा समेत सहयोग गरिदिन समेत अनुुरोध गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया