Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक १४ सय ३१ अंकमा

सेयर बजार परिसूचक १४ सय ३१ अंकमा


सेयर बजार परिसूचक १४ सय ३१ दशमलव ६० अंकमा चढेको छ । यस दिन बजार परिसूचक २१ दशमलव २६ अंकले उकालो लागेर बजार परिसूचक उक्त अंकमा पुुगेको छ । यसदिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५९ अंकले उकालो लागेर दुई सय ९३ दशमलव १४ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८२ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार २७ हजार पाँच सय ६६ वटा कारोबारमा ४९ लाख २४ हजार दुुई सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम दुुई अर्ब १३ करोड ९२ लाख दुुई हजार ७५ रुपैयाँको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार होटल समूहको सूचक एक दशमलव ४३ अंकले ओरालो लागेर १५ सय १९ दशमलव ७० अंंकमा झरेको छ भने बाँकी समूहको सूचक उकालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव ८२ अंकले उकालो लागेर ११ सय ९९ दशमलव ४२ अंकमा चढेको छ भने विकास बैंक समूहको सूचक १७ दशमलव १६ अंकले उकालो लागेर १७ सय ५२ दशमलव ७३ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि सात दशमलव २२ अंकले उकालो लागेर नौ सय ५६ दशमलव ८६ अंकमा पुुगेको छ भने लघुवित्त समूहको सूचक पनि ५५ दशमलव ७३ अंकले उकालो लागेर २४ सय ३४ दशमलव ९० अंकमा चढेकोे छ ।

यीबाहेक निर्जीवन बीमा समूहको सूचक पनि एक सय २८ दशमलव ६९ अंकले उकालो लागेर सात हजार ९७ दशमलव २२ अंकमा चढेको छ भने जीवन बीमा समूहको सूचक पनि एक सय ६२ दशमलव ८७ अंकले उकालो लागेर आठ हजार पाँच सय ५६ दशमलव ९३ अंकमा चढेको छ । यीबाहेक टे«डिङ, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १३ दशमलव ७३, तीन दशमलव ६६, ६४ दशमलव ९१, १२ दशमलव ३६ र शून्य दशमलव शून्य तीन अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य छ रुपैयाँ ९० पैसाले बढेर एक सय २४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य छ रुपैयाँ २५ पैसाले बढेर ५१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक आरएमडीसी लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी आदि परेका छन् ।

बढी गुमाउने कम्पनीको सूचीमा भने पहिलो स्थानमा परेको छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य दुुई रुपैयाँ २५ पैसाले घटेर ८७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य एक रुपैयाँ ९७ पैसाले घटेर एक सय ४९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक मल्टीपर्पोस फाइनान्स, प्रोग्रेसिभ फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता छ सय २० रुपैयाँ अन्तिम मूल्यमा १९ करोड ३७ लाख पाँच हजार सात सय २१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १३ सय ८६ रुपैयाँ अन्तिम मूल्यमा १० करोड ३२ लाख ४१ हजार एक सय १९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेको इन्स्योरेन्स, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x