Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा भुसाल

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा भुसाल


काठमाडौं, भदौ १०
नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पदमा यमलाल भुुसाल नियुक्त भएका छन् । कम्पनीका अनुसार अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको यही भदौ तीन गते प्राप्त भएको पत्रको आधारमा भुषाललाई अर्को निर्णय नभएसम्मको लागि अध्यक्ष पदमा नियुक्त गरिएको हो ।

कम्पनीका अनुसार भुुसाल मन्त्रीस्तरीय निर्णयका आधारमा अध्यक्ष नियुक्त भएका हुुन् । अधिकृत पुँजी १५ अर्ब, जारी पुँजी १० अर्ब र चुक्ता पुँजी पनि १० अर्ब रुपैयाँ नै रहेको कम्पनीमा सरकारको ४४ दशमलव ३९ प्रतिशत सेयर स्वामित्व रहेको छ । संस्थापक सेयरधनीका रूपमा निर्जिवन बीमा, जीवन बीमा कम्पनीहरूको ३९ दशमलव ९६ प्रतिशत सेयर स्वामित्व रहेको भने सर्वसाधारण सेयरधनी समूहको १६ प्रतिशत लगानी रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x