Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको बीमा रकम भुक्तानी

एनएमबी बैंकको बीमा रकम भुक्तानी


काठमाडौं, पुस ८
एनएमबी बैंकले गोरखा जिल्ला भिमसेन गाँउ पालिका, वडा नं. ३ तान्द्राङ निवासी श्रीमती गंगादेवी सापकोटालाई निजको छोराको जीवन बीमाबापतको क्षतिपूर्ति बीमा रकम सात लाख रूपैयाँ हस्तान्तरण गरेको छ । बैंकका कार्यकारी अधिकृत सुनिल केसी तथा प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे तथा प्रदेश ४ का प्रदेश प्रमुख, गणेश पराजुलीको उपश्थितिमा गोरखास्थित बैंकका जेष्ठ संस्थापक सदस्य धिरजबहादुर मास्केले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुुन् । निजको छोरा भुवन सापकोटाको २०७६, श्रावण २६ गते आरुघाट गाउपालिका, आरु आर्वाङको वायाक टोलमा बिजुलीको तार टाँग्ने क्रममा दुर्घटना भई मृत्यु भएको थियो । निजले आरुघाटस्थित एनएमबी बैंकबाट बचत कारोबार गर्दै आएका थिए । हाल बैंकले सबै क्षेत्रमा एक सय ६३ वटा शाखा, एक सय २८ वटा एटीएम र पाँच वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x