Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बंगलादेश बैंकको २५औं वार्षिक साधारणसभा

नेपाल बंगलादेश बैंकको २५औं वार्षिक साधारणसभा


काठमाडौं, पुस ८
नेपाल बंगलादेश बैंक लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले सोमबार राजधानी काठमाडौँंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले गत आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई पाँच प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) दिने प्रस्ताव स्वीकृत गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्यसँग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरूको संशोधन पनि स्वीकृत गरेको छ । समीक्षा अवधिमा बैंकको कुल निक्षेप २४ दशमलव ५५ प्रतिशतले बढेर ५९ अर्ब ७६ करोड रूपैयाँ पुुगेको छ भने कुल कर्जा २९ दशमलव १६ प्रतिशतले बढेर ५५ अर्ब ७२ करोड रूपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वासलातको आकार भने २४ दशमलव २४ प्रतिशतले बढेर ७६ अर्ब २५ करोड रूपैयाँ पुुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x