एभरेष्ट बैंकद्वारा पीसीआर परीक्षणका लागि सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्रीसँग सहकार्य
काठमाडौं, भदौ १२
एभरेष्ट बैंक लिमिटेडले आफ्नो ग्राहकहरूको सुरक्षालाई ध्यानमा राखी आरटी–पीसीआर परीक्षणको लागि सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री (सी.डी.एल), कमलपोखरीसँग सहकार्य गरेको छ ।
हाल कोभिड–१९ को कठिन समयमा ग्राहकहरूको सहजताको लागि एभरेष्ट बैंकले आरटी–पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको छ । जसअन्तर्गत एभरेष्ट बैंकको डेबिट र क्रेडिट कार्डहोल्डर ग्राहकहरूले सीडीएलबाट आरटी–पीसीआर परीक्षण गर्दा सरकारी दरअनुसार लाग्ने पाँच हजार पाँच सय रुपैयाँमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
नगद करोबारमा पनि कोभिड १९ को जोखिम भएको हुँदा, ग्राहकहरूले ईबीएल मोबाइल बैकिङ एप प्रयोग गरेर पनि कोभिड १९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् । बैंक र सीडीएलबीचको सहकार्य, बैंकका नायब महाप्रबन्धक, डा. सन्धीरकुमार र सीडीएल प्रयोगशालाका कार्यकारी निर्देशक, मनिष पोखरेलको उपस्थितिमा सम्पन्न भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
- भूगर्भमै सीमित बागलुङका तामा खानी
- टीओडी विवरण अविलम्ब रिस्टोर गर
- देशको आन्तरिक अर्थतन्त्र अझै सुस्त
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया